प्रदेशस्तरीय फूलकन्ट्याक्ट कराँतेको उपाधि रोका र शेरचनलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-नेपाल क्युकोसिन कान कराँते संघ कास्की शाखाको आयोजनामा १९ औं माछापुच्छ«े गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट तथा प्रथम नेपाल क्योकुशिन कान प्रतियोगिताको उपाधि पुुरुष तर्फ गोविन्द रोकाले जित्दा महिला तर्फ युनिका शेरचनले जितेकी हुन् ।

पोखरा १७ स्थित पवित्र धार्मिकस्थल ढुंगेसाँघुमा आयोजित प्रतियोगिताको फाईनलमा खुला तौल समूहमा गोविन्द रोका पहिलो, संगम गुरुङ दोस्रो, गणेश अधिकारी र नबराज गुरुङ तेस्रा भएका छन् । महिला तर्फको खुला तौल समूहमा युनिका शेरचन पहिलो, रचना मगर दोस्रो, सृजना पुन र रुवी क्षेत्री तेस्रो भएका थिए । रोका र शेरचन आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत स्वर्ण पदक विजेता हुन् । यसैगरी प्रतियोगिताको पुरुषतर्फ २५ तौल समूहमा शालिन केसी पहिलो, सत्कार प्रत्येल दोस्रो, प्रमेश मगर र नसिब थापा मगर तेस्रो भए । ३० केजी तौल समूहमा रोहन आचार्य पहिलो, अविशेक तामाङ दोस्रो, सोबिन प्रत्येल र प्रनिल श्रेष्ठ तेस्रो भएका छन् । ३५ केजी तौल समूहमा रोशन गुरुङ पहिलो, रकान्त मगर दोस्रो विद्यान घिमिरे र निशेश थापा मगर तेस्रो भएका छन् ।

४० केजी तौल समूहमा राजन पोख्रेल पहिलो, सुदिप तिमिल्सिना दोस्रो, आद्धित्य मल्ल र निराजन खत्री तेस्रो भएका छन् । ४५ केज तौल समूहमा राजेश गौतम पहिलो, राजन बिक दोस्रो, मिराज परियार र सितल कुमाल तेस्रो भएका छन् । ५० केजी तौल समूहमा युवराज गुरुङ पहिलो सुमित सिग्देल दोस्रो, सम्राट सेन र संगम श्रेष्ठ तेस्रो भएका छन् । ५५ तौल समूहमा सुमन बराम पहिलो, दिपेश गुरुङ दोस्रो, अंकित गुरुङ र ह्ुमन मस्याङदी तेस्रो भएका छन् ।

महिलातर्फको खेलमा ४० केजी तौल समूहमा मातृका शाही पहिलो, ज्याक्सीना क्षेत्री दोस्रो, ललिता छत्याल र अंशु कार्की तेस्रो भएका छन् । ४५ केजी तौल समूहमा मनिषा तामाङ पहिलो, सर्वधा पौडेल दोस्रो सिम्रन खत्री र पुष्पा बिसी तेस्रो भएका छन् । ५० तौल समूहमा सरगम कुमाल पहिलो, सदिक्षा कुमाल दोस्रो, सिता विक र ममत पौडेल तेस्रो भएका छन् ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई सिल्ड, मेडल प्रमाणपत्र र खादाले सम्मान गरियो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, नेपाल क्युकोसिन कान कराँते संघ केन्द्रीय अध्यक्ष बिनय मल्ल, नेपाल क्युकोसिन कान कराँते संघ केन्द्रीय प्रशिक्षण राजेन्द्र सुबेदी, नेपाल क्युकोसिन कान कराँते संघ गण्डकी प्रदेश प्रमुख दिपक बहादुर गोदार,नेपाल क्युकोसिन कान कराँते संघ कास्कीका अध्यक्ष बेलबहादुर थापा, प्रतियोगिता संयोजक दानबहादुर क्षेत्री लगायतले खेलाडीलाई शिल्ड मेडल प्रमाणपत्र वितरण गरेका थिए ।