
गल्फर भुवन नगरकोटी। file pic
पोखरा(खेलाडी न्युज)-उपाधि उचाल्न र इतिहास रच्न गल्फरहरु पोखरा आईसकेका छन् । आजदेखि पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा सुर्य नेपालको मुख्य प्रायोजनामा सञ्चालित सुर्य नेपाल वेष्टर्न ओपन गल्फ टुर्नामेन्ट शुरु हुदैं छ ।
उपाधिको लागि ३२ प्रो र १६ स्क्राच एमेच्योर खेलाडीसहित ४८ जना गल्फर पोखराको गल्फ कोर्षमा उत्रिदै छन् । सेन्ट्रल ओपन तथा इष्टर्न ओपनको समापनपछि अन्तिम प्रतिस्पर्धाको रुपमा वेष्टर्न ओपन हुदैं आएको छ । २० औं सस्करणको सुर्य नेपाल वेष्टर्न ओपनको उपाधि आफनो नाममा लेखाउन ३२ प्रोले चार दिन प्रतिस्पर्धा गर्ने छन् । २० औं सस्करणसम्म आईपुग्दा दश खेलाडीले विभिन्न वर्षहरुमा उपाधिमा आफनो नाम लेखाई सकेका छन् ।
नेपालका शीर्ष बरियताका हिमालयन गल्फ कोर्षका रेकर्डधारी गल्फर शिवराम श्रेष्ठदेखि गत वर्षका विजेता आर्मी गल्फ क्लबका धनबहादुर थापा, सन्जय लामा, पशुपति शर्मादेखि दिपक न्यौपाने लगायतका गल्फरले प्रतिस्पर्धा गर्ने छन् । उनीहरु सबै वेष्र्टन ओपनका च्याम्पियन समेत हुन् । काठमाडौं, धरानमा सुर्य नेपालको गल्फ प्रतियोगिता टुंगिसकेको छ ।
वेष्टर्न ओपनको लागि पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षको मर्मत गरी तयार गरिसकिएको छ । ग्रिनरीलाई मर्मत गर्ने काम पुरा गरिसकिएको गल्फ क्लबले जनाएको छ । पार ७० को कोर्षमा चार दिन प्रतिस्पर्धा हुने छ । अन्तिम दिन प्रो–एमको प्रतिस्पर्धा हुने छ ।
२० औं सस्करणसम्म आईपुग्दा दश गल्फरले उपाधि आफनो नाममा लेखाईसकेका छन् । किर्तिमानीसहित शिवराम श्रेष्ठले पाँच पटक उपाधि उचालिसकेका छन् । दिपक थापा मगर, दिपक न्यौपाने, सन्जय लामा र धनबहादुर थापाले दुई÷दुई पटक जितिसकेका छन् । १९ औं सस्करण सन्जय लामाले जितेका थिए । रमेश नगरकोटी, पशुपति शर्मा, मणि राई, रवि खड्का, सन्जय लामा र भुवन नगरकोटीको नाममा समेत एक पटक उपाधि लेखिसकेको छ ।
पोखरा, काठमाडौं, धरान लगायतका गल्फरहरुले सहभागिता जनाउने छन् । १ लाख २० हजार पुरस्कार राशीको हो । हिमालयन गल्फ कोर्षका व्यवस्थापक भुवन गुरुङका अनुसार उत्कृष्ट २० भित्र पर्ने खेलाडीले नगद पुरस्कार पाउने छन् । सुर्य नेपालको आयोजनामा वर्षेनी वेष्टर्न ओपन, इष्टर्न ओपन र सेन्ट्रल ओपन गल्फ प्रतियोगिता हुदैं आएको छ । हिमालयन गल्फ कोर्षमा सन २०१६ मा शिवराम श्रेष्ठको किर्तिमानी छ । उनले ९ अण्डर २७१ खेलेका थिए । file pic
सुर्य नेपाल वेष्टर्न ओपन गल्फ विजेता गल्फरहरु
१) रमेश नगरकोटी– सन १९९९÷२००२
२) दिपक थापा मगर–२०००÷२००३
३) पशुपति शर्मा–२००१
४) दिपक न्यौपाने–२००४÷२००६
५) शिवराम श्रेष्ठ–२००५÷२०११÷२०१२÷२०१३÷२०१६
६)मणि राई–२००८
७) रबि खड्का–२००९
८) सन्जय लामा–२०१०÷२०१८
९) भुवन नगरकोटी–२०१४
१०) धनबहादुर थापा–२०१५÷२०१७


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…