
पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाभित्र गल्फ एकेडेमी स्थापना गरिने छ । कास्की जिल्ला गल्फ संघले रंगशालाभित्रको सेतीनदी किनारको क्षेत्रमा एकेडेमीको लागि पटिङ ग्रिन निर्माण गर्ने तयारी गरेको छ । त्यसको लागि आवश्यक अध्ययनसँगै लागत इष्टिमेट गरिने नेपाल गल्फ संघका केन्द्रीय सदस्य तथा कास्की जिल्ला गल्फ संघका सल्लाहकार भुवन गुरुङले बताए ।
उनका अनुसार रंगशालाभित्रको उपयोग विहीन जग्गालाई गल्फ एकेडेमी निर्माण गर्ने योजना रहेको छ । ‘गल्फ ड्राइभिङ रेन्ज र तीन वटा पटिङ ग्रिन बनाउने योजना छ’–उनले भने–‘एकेडेमीको लागि क्लब हाउस समेत बनाईने छ ।’ हाउसमा एकेडेमीमा आवद्ध खेलाडीलाई गल्फ सम्बन्धी सामान्य जानकारी गराईन्छ ।’
गल्फ प्रशिक्षणस्थलको लागि सेती नदी किनारमा ४० फिट अग्लो फेन्सिङ(तारजाली) लगाउनुपर्ने खाँचो औल्याए । तीन करोड भन्दा खर्च लाग्ने अनुमान गरिएको छ । लागत अनुसार बजेटको लागि गण्डकी प्रदेश सरकार समक्ष पेश गरिने उनले बताए । ‘लागत इष्टिमेट गरेसकिएपछि गण्डकी प्रदेश सरकारसँग प्रस्तुत गरिने छ ।’ उनको भनाई थियो ।
नदी किनारको क्षेत्र भासिएको छ । भासिएको क्षेत्रलाई गल्फले उपयोग गर्ने छ । भासिएको जग्गालाई पुरपार गरिने कास्की जिल्ला गल्फ संघले जनाएको छ । यसैबीच नियमित रुपमा आयोजना हुने गल्फ मन्थ्ली मेडलको पुरस्कार बसन्त गौचनले जितेका छन् ।
गौचनले काउण्ट व्याकमा ई गोविन्द गौचनलाई पराजित गर्दै उपाधि जितेका हुन् । दुवैले समान २ अण्डर ६७ को कार्डमा खेलेका थिए । यद्यपी काउण्ड व्याकमा पछि पर्दा ई. गौचन उपविजेतामा चित्त बुझाए । स्ट्रोक प्ले फूल ह्याण्डी क्यापमा खेलाईएको थियो ।
हिमालयन गल्फ कोर्ष छिनेडाडाँमा आयोजित प्रतिस्पर्धामा ग्रस तर्फको पुरस्कार राजेन्दै गौचनले जिते । उनले १२ ओभर(८१) कार्ड बनाए । उनको ह्याण्डी क्याप अनुसार दुई अण्डरको स्कोर थियो । क्लोजेष्ट टु दि पिनको पुरस्कार राजेन्द्र गौचनले जिते । लङगेष्ट टु दिन पिनको पुरस्कार बलराम थापाले जिते । प्रतिस्पर्धामा २५ जना सहभागि थिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…