पोखरामा सहाना प्रधान स्मृति हक्की, गण्डकी प्रदेश आर्मीसँग पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १७ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरामा शनिबारदेखि सहाना प्रधान स्मृति महिला प्रदेशस्तरीय राष्ट्रिय महिला हक्की प्रतियोगिता शुरु भएको छ । शनिबार पोखरा रंगशाालास्थित आर्चरी खेलमैदानमा आयोजित उदघाटन खेलमा गण्डकी प्रदेशलाई ३–० गोलले पराजित गर्दै विभागीय क्लब आर्मीले सुखद शुरुवात गर्यो ।

खेलको ७ औं मिनेटमा आर्मीका लागि अन्जना चन्दले पहिलो गोल गरिन् । आर्मीले दोस्रो गोल गर्ने क्रममा १४ औं मिनेतमा सम्भव बनायो । दोस्रो गोल सीताकुमारी चौधरीले गोल गर्दै अग्रता दोब्बर बनाउँदा चन्दले व्यक्तिगत दोस्रो गोल थपिन् । उनले ३० औं मिनेटमा गोल गर्दै फराकिलो जित सम्भव बनाइृन् । प्लेयर अफ दि वुमनको पुरस्कार थापिन् ।

नेपाल हक्की संघको आयोजना तथा कास्की जिल्ला हक्की संघको व्यवस्थापनमा आयोजित प्रतियोगितामा प्रतियोगितामा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश न. ५, सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ । राष्ट्रिय खेलकुद परिषदको सहयोगमा आयोजित प्रतियोगितालाई लिगकम नकाउटमा खेलाईने छ । सहाना प्रधान स्मृतिको पहिलो संस्करणमा गण्डकी प्रदेशले कास्य पदक जितेको थियो । भारतको सिलोङमा आयोजित १२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता नेपालले महिला तर्फ कास्य पदक जितेको थियो । गतवर्ष नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला हक्की तर्फ भने रजत पदक जितेको थियो । नेपाल आर्मीलाई पराजित गर्दै फाईनल पुगेको गण्डकी प्रदेश सुदुरपश्चिमसँग १–० गोलले पराजित हुदैं रजत पदकमा चित्त बुझाएको थियो ।

मैदानकै अभावमा पोखरा रंगशालाभित्रको आर्चरी मैदानमै महिला हक्की आयोजना गरिएको नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले बताए । ‘मैदान कतैपनि छैन् । हक्कीलाई ग्राउण्ड नै छुट्टाइएको छैन् । मैदान नहुदाँ नहुदैं राष्ट्रियस्तरको प्रतियोगिताको जिम्मेवारीलाई जेनतेन पुरा गर्दै छौं ।’ उनले भने–‘नवौं राष्ट्रिय खेलकुद पोखरामै आयोजना हुने छ । त्यसलाई लक्षित गर्दै अहिले प्रतियोगिता गरेर तयारी अघि बढाईने छ ।’ तर नवौंको लागि भने हक्की प्रतिस्पर्धाको मैदानको पर्याप्तता छैन् ।

प्रतियोगिताको विजेतालाई नगद ५० हजार राशीसहित शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । यसैगरी दोस्रो हुने टोलीले नगद २५ हजार रुपैयाँ पाउदाँ तेस्रो स्थानमा रहने टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिताको उदघाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गरेका थिए । पोखरामा पहिलो पटक आयोजित महिला राष्ट्रिय हक्की प्रतियोगिता २१ गतेसम्म सञ्चालन हुने छ ।