सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की, आर्मी फाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २० गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-सुदुर पश्चिम प्रदेशलाई पन्छाउँदै नेपाल आर्मी सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको फाईनल प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित आर्चरी खेलमैदानमा आयोजित प्रतियोगिताको पहिलो सेमिफाईनलमा मंगलबार नेपाल आर्मीले सुदुर पश्चिमलाई २–० गोलले पराजित गर्दै फाईनल पक्का बनायो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा च्याम्पियन बनेको सुदुर पश्चिमेली टोली आर्मीसँग पराजित हुदाँ तेस्रो स्थानको लागि प्रतिस्पर्धाको पखाईमा छ । आठौंमा गण्डकी प्रदेशलाई पराजित गर्दै उपाधि जितेको थियो । वर्षदिनपछि नजिता फेरिने क्रममा आर्मीसँग सेमिफाईनलमा पराजित हुदैं तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने छ । खेलको ५१ औं मिनेटमा सरिता मेचेले गोल गर्दै अग्रता दिलाईन् ।

आर्मीले ५६ औं मिनेटमा अर्को गोल थप्दै जित सुनिश्चित बनायो । सीताकुमारी चौधरीले फिनिसिङ गरेपनि आर्मीले सुदुरपश्चिमको चुनौतिलाई शून्यका विरुद्ध दुई गोलले पन्छायो । चौधरी खेलकी प्लेयर अफ दि वुमन घोषित भईन् ।
गण्डकी प्रदेश र प्रदेश नं ५ बीचको खेल वर्षाले अवरुद्ध बनाएको छ । पहिलो हाफ टुंगिएको थियो । तर दोस्रो हाफ मौसमकै कारणले सञ्चालन हुन सकेन् । स्थगित खेल बुधबार खेलाउने नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले जानकारी दिए ।