
पोखरा रंगशाला
पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाभित्र अब गल्फको प्रशिक्षण गर्न सकिने छ । गल्फ पारखीलाई प्रशिक्षणमा सहजता मिल्ने छ । रंगशालाभित्रै प्रशिक्षणस्थल निर्माणले हिमालयन गल्फकोर्ष पुग्ने पर्ने अवस्थाको बाध्यता हट्ने छ ।
कास्की जिल्ला गल्फ संघ गल्फ प्रशिक्षणस्थल निर्माणको लागि जुटेको छ । गण्डकी प्रदेश सरकारले बजेट छुट्टाएको छ । प्रदेश सरकारले छुट्टाएको बजेटबाटै संघले रंगशालाभित्र गल्फ प्रशिक्षणस्थल बनाउन अध्ययन गरिसकेको छ । डिजाईन तयार गर्दै छ । विस्तृत परियोजना प्रतिवेदन तयार गरेसँगै काम शुरु गरिने संघले जनाएको छ ।
‘डिपिआर तथा डिजाईन तयार गर्दै छौं,’ कास्की जिल्ला गल्फ संघका अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङले भने–‘जग्गा हेरियो । कागजपत्र तयार गरेपछि डिजाईन गर्ने छौं ।’ डिजाईनको लागि इन्जिनियरसँग सरसल्लाह भएको उनले सुनाए । सेती नदी किनारमा भासिएको तथा अत्यन्तै जोखिम क्षेत्रमा गल्फको प्रशिक्षणस्थल तयार गर्ने योजना संघको छ ।
नदी किनारमा ४० फिट अग्लो तारजाली(फेन्सिङ) लगाईने संघले जनाएको छ । ‘बल हिर्काउँदा नदीमा खस्न नदिन अग्लो फेन्सिङ लगाउँछौं ।’ उनले भने । झण्डै डेढसय मिटर लामो फेन्सिङ लगाउनुपर्ने खाँचो छ । जमिनलाई सम्याउनुुपर्ने खाँचो समेत छ । भिरालो परेको जमिनलाई व्यवस्थित रुपमा मिलाउँदै प्रशिक्षणस्थल तयार गरिने छ ।
प्रशिक्षणको लागि ड्राइभिङ बे, पार ३को दुरी बनाईने छ । पिचिङ एण्ड पटिङको लागि ३ वटा ग्रिन बनाईने उनले बताए । ‘विशेष गरी नयाँ सिकारुलाई पिचिङ प्राक्टिस गराइने छ ।’ अध्यक्ष गुरुङको भनाई थियो । अफिस भवन समेत बनाउने योजना संघको छ । पोखरा रंगशालाभित्र प्रशिक्षणस्थल निर्माणपछि संघले एकेडेमी नै सञ्चालन गर्ने सोंच बनाएको छ ।
‘कोर्षको डिजाईन गल्फको व्यावसायिक खेलाडी(प्रो)सँग सरसल्लाह गरेर बनाईने छ,’ उनले भने–‘इन्जिनियरहरुसँग समेत सहकार्य गर्ने छौं ।’ प्रदेश सरकारले गल्फको लागि ५० लाख रुपैयाँ छुट्टाएको छ । त्यो बजेटबाट प्राथमिकताको आधारमा आवश्यक पुर्वाधार तयार गर्दै जाने योजना संघले बनाएको अध्यक्ष गुरुङले जानकारी दिए । ‘झण्डै एक करोडको बजेटको लागत इष्टिमेट निस्किएको छ’ उनले भने–‘प्रदेश सरकारले दिएको बजेटबाट काम शुरु गर्छौ । बाँकी रकम गल्फरसँग तथा अन्य सहयोगीसँग माग्ने योजनामा छौं ।’
उनले वर्षायाम अघि नै काम शुरु गर्ने जनाएका छन् । यद्यपी प्रि–मनसुन सुरु भईसकेको छ । पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्ष मात्रै छ । भएको एउटामात्रै गल्फ कोर्षमा व्यावसायिक प्रतिस्पर्धा हुदैं आएको छ । संघले पोखराकै सेतीनदी बाँधस्थलभन्दा तलको जमिनलाई गल्फ कोर्ष बनाउन उपयुक्त भएको ठहर्याउँदै आएको छ । उक्त जग्गा सिंचाईको हो । केही व्यक्तिगत समेत पर्छ । त्यस ठाँउमा गल्फकोर्ष बनाउन सकिए बैकल्पिक गल्फ कोर्ष हुने विश्वास संघले गरेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…