
पोखरा(खेलाडी न्युज)-कोभिड–१९ को महामारी छ । विश्व लकडाउनमा छ । कोरोनले सबै क्षेत्र त्रस्त छ । त्यसबाट खेलकुद पनि अछुतो छैन् । विश्व खेलकुदका सबै प्रतिस्पर्धालाई स्थगित गरिएको छ । केही प्रतियोगितालाई एक वर्षको लागि सारिएको छ । प्रिमियर लिग, स्पेनिस लिगा, बुण्डेसा लिग, इटालियन सिरी ए, च्याम्पियन्स लिग सबै स्थगित छन् । टोकियो ओलम्पिक एकवर्षको लागि सारिएको छ । नेपालमा आयोजना हुने एभरेष्ट प्रिमियर लिग(इपिएल) समेत स्थगित छ । भारतीय क्रिकेट लिग आईपिएल समेत अनिश्चित बनेको छ ।
कोरोनाले सबै क्षेत्र लकडाउनमा छन् । घर बाहिर निस्किने बातावरण छैन् । कोरोना प्रभावलाई समेत अवसरको रुपमा लिईएको छ । नेपालको खेलकुद इतिहासमै पहिलो पटक सितेरियो करातेमा भने नयाँ अभ्यास शुरु गरिएको छ । इतिहासमै पहिलो पटक अनलाइनबाटै कराते प्रतियोगिता आयोजना गरियो । कोरोनाको त्रास रहिरहँदा लम्जुङ जेसिजले समेत सदुपयोग गर्दै ‘प्रथम नेसनवाइड एकल अनलाईन कराते च्याम्पियनसिप २०२०’ गर्यो ।
मस्र्याङ्दी कराते डोजोको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको पुरुष तर्फ गोर्खाका बुद्ध लामा प्रथम, काठमाण्डौँका प्रिन्स स्याङतन द्धितीय र कास्कीका प्रभात पुन तृतिय घोषित भए । त्यस्तै महिला तर्फ कास्कीका विमला नेपाली प्रथम, रुपेन्देहीकी रस्मी पाण्डे र कास्कीकै मसिना राई तृतिय घोषित भए । ४० वटा भिडियो प्राप्त भएको उक्त प्रतियोगितामा पुरुष तर्फ १७ र महिला तर्फ १३ भिडियोलाई अन्तिम प्रतिस्पर्धाको लागि छनोट गरिएको थियो । विश्व कराते महासंघको नियममा रहेर प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा भिडियो भने खेलाडीले ह्वाट्स एप र मेसेन्जर मार्फत पठाएका थिए ।
बैशाख १ गते देखि ५ गतेसम्म भिडियोको लागि आवेदन राखिएको थियो भेन ६ गते छनोट गरी ७ गते नतिजा सार्वजानिक गरिएको लमजुङ जेसीजका महासचिव तथा मस्याङ्दी कराते डोजोका प्रमुख प्रेम गुरुङले बताए । अनलाईनबाटै पहिलो प्रयास गर्ने क्रममा शुरुका दुई दिन विश्वास नै नलागेकोले भिडियो प्राप्त नभएको आयोजकले जनाए । तर तेस्रो दिनबाट भने भिडियो आएको उनले बताए । खेलाडीले लक डाउनको समयमा पनि आफ्नो खेल तथा प्रशिक्षणलाई जारी राखोस भन्ने हिसाबले प्रतियोगिता आयोजना गरिएको उनको भनाई थियो ।
“कोरोनोका त्रास छ । लकडाउन छ । बाहिर निस्कने सम्भावना छैन् । घरमै भए पनि अभ्यास गरोस भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो” गुरुङले भने । प्रतियोगिताको विजेतालाई १ हजार ५ सय, द्धितीय हुनेलाई १ हजार र तृतियहुनेलाई ५ सय रुपैँयाको साथमा प्रमाणपत्र समेत प्रदान गरिएको उनले जानकारी दिए । अधिकांश खेलाडी व्यक्तिगत प्रशिक्षणमा व्यस्त छन् । अनलाइन मार्फत अझै ठुलो प्रतियोगिता समेत गर्न सक्ने र लकडाउनले हरेक चुनौतिलाई सामना गरेर अवसरको रुपमा लिनुपर्ने समेत आयोजकको भनाई थियो ।