
खेलाडी न्युज(पोखरा)-पोखरा खुल्ला टेनिस प्रतियोगिताको उपाधि प्रदीप खड्काले जितेका छन् । खड्काले पोखरा रंगशाला टेनिस कोर्टमा शनिबार भएको फाईनलमा अनिल शाहीलाई ०–६, ६–०, ६–४ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । ख्डकाले सेमिफाईनलमा नविन मगरलाई पराजित गर्दै फाईनल प्रवेश गर्दा अनिलले भने सौगात खड्कालाई पराजित गरेका थिए ।
पोखरामा मासिक रुपमा विभिन्न प्रायोजनमा टेनिस प्रतियोगिता हुदैं आएको छ । प्रतियोगितालाई टेनिसका अग्रज खेलाडी समीर शेचरनले प्रायोजन गरेका थिए । प्रतियोगितामा विभिन्न ३५ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेको थिए । कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको निर्देशक भने प्रिती बराल रहेकी थिईन् ।
पोखरा रंगशालाभित्र अहिले पाँच वटा क्ले कोर्ट छन् । ती कोर्टमा अन्तराष्ट्रियस्तरकै प्रतियोगिता आयोजना भईसकेको छ । राष्ट्रिय खेलुकद परिषदले समेत दुई वर्ष अघि हार्ड कोर्ट, क्ले कोर्टसहित चेन्जिङ रुम, फिडव्याक रुम तथा शौचालय निर्माण कार्य अघि बढाएको छ । चेन्जिङ रुमको निर्माण कार्य केही दिन अघि मात्रै शुरु गरिएको थियो । बजेट अभावले झण्डै छ महिना लामो समय अलपत्र परेको थियो । फेरी रकम निकासा भएपछि प्यारापिटसहितको चेन्जिङ रुम निर्माण शुरु गरिएको छ । पोखरा रंगशालाभित्र सबैभन्दा राम्रो पुर्वाधारको रुपमा टेनिस कोर्ट नै रहेको छ । कास्की जिल्ला टेनिस संघका आवद्ध विभिन्न सदस्यहरुकै सक्रियतामा आर्थिक सहयोग जुटाई पाँचवटा कोर्ट निर्माण गरिएको हो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…