
माटेओको सहज जित
एजेन्सी-फ्रेन्च ओपन टेनिस टुर्नामेन्ट अन्तर्गत पहिलो राउण्डमा इटालियन खेलाडी माटेओ बेरेटनीले क्यानडेली खेलाडी भासेक पोस्पशिललाई सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
पहिलो सेट ६-३ ले लिएको माटेओले दोस्रो सेट भने अझ सजिलो रुपमा लिन भ्याए । दोस्रो सेट ६-१ ले लिदैं जित नजिक पुगेका माटेओले अन्तिम सेटलाई ६-३ मा लिदैं दोस्रो चरण पक्का बनाए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…