
पोखरा–२९ भण्डारढीक खेल मैदानमा निर्माणाधिन बहुउद्देश्यीय कभर्ड हल । तस्बिर खेलाडी न्युज
गण्डकी प्रदेश सरकारले पनि स्थानीय तह खेल मैदान बनाउन १५ दिने सूचनासहित प्रस्ताव आह्वान गरेको छ । प्रदेशका ११ जिल्लामा खेल मैदान निर्माण गर्न सूचना निकालेर प्रस्ताव आह्वान गरेको हो ।
प्रदेश सरकारले नगरपालिका क्षेत्र र गाँउपालिका क्षेत्रमा गरी बजेट विनियोजन गर्दै प्रस्ताव आह्वान गरिएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका खेलकुद विभाग महाशाखा प्रमुख तेजप्रसाद काफ्लेले बताए । ‘नगरपालिका तर्फ तीन करोड र गाँउपालिका तर्फ ४ करोड ४० लाख रुपैयाँ छुट्टाएका छौं ’ उनले भने–‘भईरहेका खेल मैदानको स्तरोन्नति गर्ने र नयाँ बनाउन धेरथोर बजेट उपलब्ध गराउँछौं ।’
मुस्ताङ र नवलपुर जिल्लामा खेलकुद पूर्वाधारको लागि प्रदेश सरकारले गतवर्ष बजेट विनियोजन गरेको थियो । प्रदेश सरकारले बहुप्रतिष्ठित योजनाको रुपमा प्रदेश अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने लक्ष्य राखेको छ । त्यसको लागि २ करोड रुपैयाँ यो वर्ष बजेट छुट्टाइएको छ । आवश्यक विस्तृत परियोजना प्रतिवेदन समेत तयार भईसकेको छ ।
- नगर क्षेत्रलाई २ करोड ९० लाख
- गाउँपालिका क्षेत्रमा ४ करोड ४० लाख
प्रदेश सरकारसँगै पोखरा महानगरपालिकाले पनि एक वडा एक खेलमैदानको नीति लिएको छ । महानगरको नीति अनुसार गत वर्ष विभिन्न दुईदर्जन वडामा भलिबल कोर्ट तथा बास्केटबल कोर्ट निर्माण गरिएको महानगरपालिका प्रवक्ता धनबहादुर नेपालीले बताए । महानगरपालिकाले यो आर्थिक वर्षमा पनि विभिन्न ठाँउमा खेल मैदान निर्माणको लागि साढे दुईकरोड रुपैयाँ बजेट छुट्टाएको छ । साना खेल मैदान निर्माण, संघसंस्था तथा प्रतियोगितालाई प्रभावकारी बनाउन समेत महानगरपालिकाले बजेट छुट्टाएको छ । पोखरा–२० मौजामा महानगरले यो वर्ष ५० लाख रुपैयाँ उपलब्ध गराएको पोखरा–२० का वडाध्यक्ष सिम गुरुङले बताए । मौजामा निर्माण गरिने फुटबल मैदान १७ सय मिटरको उचाईमा छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…