
serena
एजेन्सी-फ्रेन्च ओपन अन्तर्गत महिला तर्फको उपाधि दावेदारी ठानिएकी अमेरिकन टेनिस खेलाडी सेरेना विलियम्स चोटका कारण बाहिरिएकी छिन् । उनले बुधबार स्भेन्तना पाइरोनकोभासँगको खेलमा बायाँ कुर्कुच्चाको चोटका कारण बाहिरिएकी हुन् ।
दोस्रो चरणको खेल्नु अघि नै चोटले खेल खेल्न सकिनन् । युएस ओपनमै कुर्कुच्चाको समस्या रहेपनि खेलप्रति उनले निकै इफोर्ट गरेकी थिईन् तर समय निकै कम भएको उनको भनाई थियो । हिड्न नै निकै कठिनाई भएको उनले बताईन् ।
वार्मअपमै ३९ वर्षिय सेरेनाले खेलबाट आफनो नाम फिर्ता लिने निर्णय गरेकी थिईन् । उनले दुई हप्तामा आराम गर्ने जनाईन । यद्यपी चोटमुक्त हुन करीब चारदेखि छ हप्ता लाग्ने छ ।
मैले यो भन्दा अर्को प्रतियोगिता यो वर्ष खेल्न सक्दििन उनले भनिन् । उनले युएस ओपनको सेमिफाईनलमा भिक्टोरिया अजारेन्कासँगको खेलमा चोट लागेको थियो ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…