
एजेन्सी-फ्रेन्च ओपनमा शीर्ष बरियता खेलाडीले सहज जित निकालेका छन् । विश्व बरियताको दोस्रो नम्बरमा रहेका राफल नाडालले सोझो सेटमा जित निकाल्दै तेस्रो चरणमा प्रवेश गर्दा तेस्रो नम्बरका डोमिनिक थिमले सोझै सेटमा पन्छाउँदै तेस्रो चरणमा प्रवेश गरेका छन् ।
नाडालले अमेरिकन खेलाडी क्याकेन्जेइ म्याकडोनाल्डलाई ६-१, ६-० र ६-१ को सोझो सेटमा पराजित गरेका थिए ।
नाडालले म्याकडोनाल्डको सर्भिस प्वाइन्ट ब्रेक गर्दै तीन सेट सहजै लिए । डोमिनिक थीमले पनि अमेरिकन खेलाडी ज्याक सकलाई ६-१, ६-१ र टाइब्रेकमा ७-६ को सेटले पराजित गरेका थिए ।
त्यस्तै स्पेनिस खेलाडी पेड्रो मार्टिनेजले मिखाईल कुकुस्निकलाई ६-३,६-१ र ६-० को सेटले पराजित गरेका थिए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…