
प्रदीप खड्का र नविन मगर सम्मानित
पोखरा-कास्की जिल्ला टेनिस संघले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा डबल्स इभेण्टमा कास्य पदक जितेका कास्कीका टेनिस खेलाडी प्रदीप खड्का र नविन मगरलाई नगदसहित सम्मान गरिएको छ ।
संघको वार्षिक साधारण सभाको अवसरमा उनीहरुलाई जनही नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
यसैगरी पोखरा रंगशालाभित्रको टेनिस कोर्टमा आयोजित एजीएम कप टेनिस प्रतियोगिताका अनिल साईलाई पराजित गर्दै खड्का च्याम्पियन बने । खड्काले साईलाई ६-०, ४-६ र ६-१को सेटमा पराजित गर्दै नगद ६हजार राशीको पुरस्कार थापे ।
उपविजेता साईले नगद ३ हजार रुपैयाँ प्राप्त गरे । बेष्ट प्लेयर भने विष्णु नेपाली घोषित हुदैं नगद २ हजार रुपैयाँ पाएका थिए । प्रतियोगितामा १६ जना खेलाडीको सहभागिता रहेको थियो । विजेता खेलाडीलाई विभिन्न व्यक्तित्वले पुरस्कार प्रदान गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…