
एजेन्सी, असोज २० । रुसका करेन खाचनोभलाई हराउँदै सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वार्टर फाइनलमा प्रवेश गरका छन् ।

सोमबार राति पेरिसमा भएको अन्तिम आठको प्रतिस्पर्धामा जोकोभिजले करेनमाथि ६–४,६–३ र ६–३ को सेटमा जित निकाल्दो अघिल्लो चरणको यात्रा तय गरेका हुन ।
सोमबारको जितपछि जोकोभिच १४ औं पटक फ्रेन्च ओपनको क्वाटरफाइनलमा पुगेका छन् । एक पटकको फ्रेन्च ओपनको उपाधि उचालेका जोकोभिचले सेमिफाइनल प्रवेशका लागि पाब्लो बुस्टा र डानिलबीचको विजेतासँग खेल्ने छन् ।

यस्तै पाँचौं वरीयता प्राप्त ग्रिसका स्टेफानोस सिट्सिपासले पनि क्वार्टर फाइनलमा स्थान बनाएका छन् । स्टेफानोसले बुल्गेरियन खेलाडी ग्रिगोर दिमित्रोभलाई ६–३, ७–६(११–९) र ६–२ ले पराजित गरे । स्टेफानोसले अब एन्ड्री रूब्लेभसँग खेल्ने छन् ।
महिलातर्फ रुसकी पेट्रा कोभिटोभाले अन्तिम आठमा स्थान बनाएकी छिन् । कोभिटोभाले चीनकी झाङ शुईलाई ६–२ र ६–४ ले पराजित गरिन् । कोभिटोभा आठ वर्षपछि फ्रेन्च ओपनको क्वाटरफाइनलमा पुगेकी हुन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…