सेमिफाईनलमा नाडाल र अर्जेन्टिनाका डियागो भिड्ने

- फ्रेन्च ओपन टेनिस

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २१ गते २०७७ मा प्रकाशित


Nadal Celebrates after winning

एजेन्सी-फ्रेन्च ओपन टेनिसको सेमिफाईनलमा स्पेनिस राफाल नाडालको अर्जेन्टिनाका डियागो सच्वार्थमनसँग भेट निश्चित भएको छ ।

नाडालले इटालीका जेनिक सिनरलाई सोझो सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गर्दा तेस्रो बरियताका डोमिनिक थीम भने पाँचौ सेटमा अत्यासित हार व्यहोर्दै फ्रेन्च ओपनबाट बाहिरिन पुगे ।

नाडालले सिनर माथि पहिलो सेटलिन निकै प्रतिस्पर्धा गर्नुपर्यो । टाइब्रेकमा पुग्यो । अन्तत ७-६(४)ले लिदैं नाडालले दोस्रो सेट ६-४ र तेस्रो सेट अझ सजिलै ६-१ मा लिदैं सेमिफाईनल प्रवेश गरेका हुन् ।
उता थीम भन अर्जेन्टियन डियागोसँग पहिलो सेट टाइब्रेकमा गुमाउन पुगे । ६-६ को स्थितिबाट थीम टाईब्रकेमा अघि बढे । ७-६(१) मा गुमाउँदै थीम पहिलो सेटमा निराश हुन पुगे । प्रतिस्पर्धात्मक खेलले दर्शकलाई रोमाञ्चित बनाएको थियो ।

दोस्रो सेट थीमले आफनो पक्षमा पार्न ७-५कै अवस्था कुर्नुपर्यो । तेस्रो सेट अझै प्रतिस्पर्धा बन्न पुग्यो । टाइब्रेकमा पुगेर थीमले आफनो पक्षमा पारेपछि जितको अपेक्षा गरिएको थियो । तेस्रो सेट ७(६(६)ले लिन पुगे । चौथो सेट पनि टाइब्रेकमै पुगेर टुंगियो । चौथो सेट ६(५)-७ को अवस्थामा गुमाउन पुगे । र अन्तिम सेट पनि थीमले ६-२ ले गुमाउँदै फ्रेन्च ओपनबाट बाहिरिए ।