फ्रेन्च ओपन टेनिस, महिला सेमिफाईनल समीकरण

- फ्रेन्च ओपन टेनिस

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २२ गते २०७७ मा प्रकाशित


फ्रेन्च ओपन महिला सेमिफाईनलिष्ट पोल्याण्डकी ईगा स्वायटेक

एजेन्सी(पेरिस)-फ्रेन्च ओपन टेनिसको महिला तथा पुरुषको सेमिफाईन समीकरण पुरा भईसकेको छ । फ्रेन्च ओपनमा अत्यासित नतिजालाई आत्मसात गर्नुपरेको छ । बरियतामा १ सय भन्दा बढी रहेको खेलाडीले सेमिफाइनल सुरक्षित गर्दा विश्व बरियताकी खेलाडी भने फ्रेन्च ओपनबाट बाहिरिएको तथ्य छर्लंङ

१३१ औं स्थानमा रहेकी अर्जेन्टिनाकी नादिया पोडोरोस्काले करियरकै दोस्रो ग्राण्डस्लाम खेल्दै छिन् । बरियतामा नरहेकी पोल्याण्डकी २० वर्षिय ईगा स्वायटेक शीर्ष बरियताका सलेमा हलेपलाई सोझो सेटमाप पराजित गरेकी थिइन् । ईगा र नाडियाको नजिताले फ्रेन्च ओपनमा सबैलाई आश्चर्य बनाईदिएको थियो ।
के
सातौं बरियताकी पेट्रा केभितोभाले चौथो नम्बरमा रहेकी सोफिया केनिनसँग खेल्ने छिन् । ३० वर्षिया पेट्रा सन २०१२ मा सेमिफाईनल यात्रा गरेकी थिईन् । त्यसपछि उनमाथि घटेको घटनाले टेसिन बाहिर थिईन् ।

चारवर्ष पछि फेरी टेनिसमा फर्किएका हुन् । अमेरिकन खेलाडी केनिनलाई विश्व टेनिसकी उदयीमान खेलाडीको रुपमा हेरिएको छ । उनीहरुको सेमिफाईनल प्रतिस्पर्धा निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

केभितोभाको यो दोस्रो सेमिफाइनल यात्रा हो । उनी सन २०१२ मा भएको प्रतिस्पर्धामा पनि सेमिफाईनल यात्रा तय गरेकी थिईन् । चौथो चरणको खेलमा सोझो सेटले जितेपछि उनले भनेकी थिईन यो एकदमै आश्चर्य भयो ।

उनले लाउरा सेगमन्डलाई ६-३, ६-३ को सेटमा पराजित गरेकी थिईन् । १९ वर्षिया ईगाले भर्खरै हाईस्कुलको शिक्षा पुरा गरेकी हुन् । हाईस्कुल सकिएपछिको समयमा उनी टेनिस खेल्न थालिन् । जतिबेला उनी ५४ औं स्थानमा थिईन् । युएस ओपनमा तेस्रो चरणबाट बाहिरिएक थिईन् ।