पोल्याण्डकी ईगा र अमेरिकन केनिन पहिलो ग्राण्डस्लामको होडमा

- फ्रेन्च ओपन टेनिस

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २२ गते २०७७ मा प्रकाशित


फ्रेन्च ओपनको फाईनलमा अमेरिकन केनिन र पोल्याण्डकी ईगा ।

एजेन्सी-फ्रेन्च ओपन टेनिस महिला तर्फको ग्राण्डस्लाम नयाँ खेलाडीको हातमा पुग्ने छ । फ्रान्सको फिलिपे चाटरियर टेनिस कोर्टमा बिहीबार दोस्रो सेमिफाईनलमा अमेरिकन सोफिया केनिनले चेक रिपब्लिकाकी पेट्रा केभिटोभालाई पराजित गर्दै फाईनल सुरक्षित गरेकी हुन् ।

चौथो बरियताकी २१ वर्षिय अमेरिकन खेलाडी कीनले ६-४ र ७-५ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेकी हुन् । कीनले फाईनलमा उपाधिको लागि पोल्याण्डका ईगा स्वायटेकसँग प्रतिस्पर्धा गर्ने छिन् ।

५४ औं स्थानमा रहेकी स्वायटेकले अर्जेन्टिनाकी नाडिया पोडोरोस्कालाई ६-२ ६-१ सोझै सेटमा पन्छाएकी थिईन् । कीन र ईगाको पहिलो ग्राण्डस्लाम उपाधिको रुपमा फ्रेन्च ओपन रहने छ । ईगाले क्र्वाटरफाईनलमा शीर्ष बरियताको सलिमा हलेपलाई पराजित गर्दै सेमिफाईनल पक्का गरेकी थिईन् ।

अमेरिकन खेलाडी केनिनलाई विश्व टेनिसकी उदयीमान खेलाडीको दरिएकी छन् । ईगा र केनिनको उपाधि प्रतिस्पर्धा निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।