
अर्जेन्टिनाका डियगोलाई पराजित गरेपछि खुशी मनाउँदै नाडाल ।
एजेन्सी-स्पेनिस राफाल नाडाल फ्रेन्चओपन टेनिसको फाईनल प्रवेश गरेका छन् । फिलिपे चाटरियर कोर्टमा शुक्रबार भएको सेमिफाईनलमा नाडालले १२ औं बरियताका अर्जेन्टिनाको डियागो सचवार्थमेनलाई सोझो सेटमा पराजित गर्दै उपाधि निकट पुगेका हुन् । अर्को सेमिफाईनल खेल नोभाक जोकोभिच र ग्रिसका स्टेफानोस सिसिपाससँग खेल्ने छन् ।
शुक्रबार भएको प्रतिस्पर्धामा नाडालले डियागोलाई ६-३, ६-३ र र अन्तिम सेट टाइ्रबेकमा ७-६(०) पन्छाएका थिए । पहिलो र दोस्रो सेट सहज लिएपछि नाडालले तेस्रो सेट लिन भने निकै मेहनत गर्नुपर्यो । क्र्वाटरफाईनलमा डियागोले डोमेनिक थीमलाई पाँचै सेट खेलेर निकै कठिन जित आत्मसात गरेर सेमिफाईनल यात्रा तय गरेका थिए ।
नाडालले भने जेनिक सिनरलाई सोझो तीन सेटमै पराजित गरेर अन्तिम चारमा आईपुगेका थिए । नाडाडको १३ औं संस्करणसम्म फ्रेन्च ओपन फाईनल पुगेका हुन् । उनले क्ले कोर्टमा १२४-२ को खेल जितेको तथ्यांक छ ।
फ्रेन्च ओपन सर्वाधिक जित्ने सूचीमा नाडालको नाममा छ । उनले १२ औं पटक फ्रेन्च ओपनको ग्राण्डस्लाम उपाधि जितेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…