पोल्याण्डकी १९ वर्षिय स्वायटेकलाई फ्रेन्चओपनको उपाधि

- फ्रेन्चओपन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २४ गते २०७७ मा प्रकाशित


जितपछि खुशी मनाउँदै पोल्याण्डकी स्वयटेक

एजेन्सी-५४ औं स्थानमा रहेकी १९ वर्षिया पोल्याण्डकी ईगा स्वायटेकले चौथो बरियताकी अमेरिकन सोफिया केनिनलाई सोझो सेटमा पराजित गर्दै करियरको पहिलो ग्राण्डस्लामको रुपमा फ्रेन्च ओपन जितेकी छन् ।

फ्रान्सको फिलिपे चाटरियर कोर्टमा शनिबार भएको फाईनलमा स्वायटेकले केनिनमाथि ६-४, ६-१ को सेटले पराजित गर्दै फ्रेन्च ओपनको उपाधि उचालिन् ।

पहिलो सेट ४-४ को स्थितिमा रहदाँ केनिनले आफनो सर्भिस प्वाइन्ट गुमाउँदा सेट स्वायटेकको पक्षमा गएको थियो । ५-४ ले अग्रता लिएपछि स्वायटेकले आफनो सर्भिसमा प्वाईन्ट जोड्दै पहिलो सेट लिन लामै समय खर्चिनु परेन् ।

दोस्रो सेट भने स्वायटेकले कुनै मौका नै दिईन् । हरेक सर्भिस ब्रेक गर्दै अंक जोडेपछि दोस्रो सेट ६-१ मा लिदैं पहिलो ग्राण्डस्लाम आफनो नाममा लेखाईन् । उनले २८ खेलमध्ये छ सेट भने ६-१ ले जितेकी थिईन् ।

ग्राण्डस्लाम जित्ने पहिलो पोलिस खेलाडी समेत बन्न सफल भएकी हुन् । भर्खरै उच्च शिक्षा सकेर टेनिसमा होमिएकी स्वायटेक केही महिना अघि मात्रै सम्पन्न युएस ओपनमा तेस्रो चरणमा प्रवेश गरेकी थिईन् ।

उपाधि जितेपछि खुशी व्यक्त गरिन् । उनले भनिन म निकै खुशी छु जहाँ मेरो परिवार साथैमा छ । दुई वर्ष अघि जुनियर ग्राण्ड स्लाम जितेपछि अहिले यो यहाँ छु । मैले अनुभव गरेकी छु यो निकै छोटो समय हो । सबैलाई धन्यवाद यो उत्साहमा । यो एकदमै अनौठो फाईनल रह्यो ।