नाडाललाई फ्रेन्च ओपन, रोजर फेडेररको किर्तिमानीसँग बराबर

- फ्रेन्च ओपन १३ औंं पटक जित्दै किर्तिमान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २५ गते २०७७ मा प्रकाशित


फ्रेन्च ओपनको फाईनलमा जोकोभिचलाई पराजित गरेपछि खुशी हुदैं नाडाल ।

एजेन्सी-स्पेनिस राफाल नाडालले १३ औं पटक फ्रेन्च ओपन जित्दै फ्रेन्च ओपनमा आफनो आधिपत्य जमाएका छन् । आईतबार उनले १३ औं फ्रेन्च ओपन उचाल्न तेस्रो सेटमा भने कडा संघर्ष व्यहोर्नु पर्यो । फ्रान्सको रोनाल्ड गारोसस्थितको कोर्ट उनको सबैभन्दा प्रिय कोर्ट हो । जहाँ उनले फ्रेन्च ओपन (ग्राण्ड स्लाम) सर्वाधिक जित्ने खेलाडीको किर्तिमान कायम गरेका छन् ।

पहिलो सेट ६)० गुमाएका विश्व बरियताका शीर्ष खेलाडी सर्वियाली नोभाक जोकोभिचले फ्रेन्च ओपनमा दोस्रो बरियताका स्पेनिस खेलाडी राफाल नाडालसँग आईतबार सोझो सेटमा पराजित हुदैं उपविजेतामा चिक्त बुझाएका छन् । जोकोभिच गत महिना मात्रै युएस ओपनमा पछि परेको अवस्थामा लाईन जज(निर्णायक) माथि बल प्रहार गरेपछि युएस ओपन खेल्न अयोग्य घोषित भएका थिए । पहिलो सेटमा हरेक ब्रेक प्वाईन्ट र सर्भिस प्वान्टलाई ब्रेक गर्दै नाडालले जोकोभिचलाई कुनै मौका नै दिएनन् ।

देस्रो सेटको पहिलो स्कोर भने जोकोभिचले ल्याए । १-० को अवस्थामा आउन जोकोभिचलाई झण्डै ५५ मिनेट खेल्नुपरेको थियो । तर त्यसपछि फेरी लय गुमाएपछि नाडालले ५-१ स्थितिमा पुर्याए । तर फेरी दोस्रो अंक ल्याउँदै सेट ५-२ बनाए । दोस्रो सेट पनि नाडालले ६-२ ले लिदैंं उपाधि नजिक पुगे । दोस्रो सेटमा जोकोभिचले १७ वटा अन फोर्स्ड इयरर हिर्काएका थिए । नाडालसितको फाईनल प्रतिस्पर्धामा जोकोभिचले आफुलाई सन्तुलित बनाउन सकेका थिएनन ।

तेस्रो सेटमा भने जोकोभिचले कमब्याक गर्ने संकेत देखाए । आफनो सर्भिसलाई गुमाएनन् । प्वाइन्ट जोडे अघि बढ् । यद्यपी नाडाले पनि पछ्यँउदै तेस्रो सेट ४-४ को स्थितिमा पुर्याए । तेस्रो सेटको चौथो प्वाईन्टमा १५-१५ रह्यो । त्यसपछि ३०-१५ ले अघि बढे जोकोभिच । ३०-४० मा पुगेको अवस्थामा फेरी खराब लयबाट गुज्रिए । दुई खराब सट खेल्दा प्वाईन्ट गुमाउन पुगे ।

तेस्रो सेट निकै रोचक र प्रतिस्पर्धात्मक बन्न पुग्यो । एकपछि अर्कोले प्वाईन्ट लिदैं खेल रोमाञ्चक बनाए । आफनो कडा सर्भिस मार्फत जोकोभिचले ५-४ले लिदैं कमब्याक गर्ने संकेत देखाए । तर जोकोभिचले पुरानै खराब सट खेलेपछि नाडालले सेट ५-५ मा पुर्याउँदै उपाधि होड एक सेट नलब्याउने तर्फ अग्रसर देखिए । र अन्त्यमा तेस्रो सेट ७-५ ले लिदैं नाडालले रोनाल्ड गारोसमा १३ औं पटक ग्राण्डस्लामको उपाधि आफनो नाममा लेखाए ।

नाडालले फ्रेन्च ओपनको उपाधिसँगै सर्वाधिक ग्राण्डस्लाम जित्ने रोजर फेडेररको किर्तिमानी बराबर गरेका छन् । फेडेररले २० ग्राण्डस्लाम उपाधि जितेको रेकर्डलाई आईतबार फ्रेन्च ओपन १३ औंं पटक जित्दै किर्तिमान बनाएका हुन् । जोकोभिचले भने १७ पटक ग्राण्डस्लामको उपाधि जितेका छन् ।