
सिजे कप विजेता अमेरिकन गल्फर जासन ।
लस भेगास(एजेन्सी)-सिजे कप गल्फको उपाधि अमेरिकन गल्फर जासन कोकरकले जितेका छन् । अन्तिम दिनको खेल टुग्याउँदा अमेरिकन गल्फर जान्डर साउफेलेलाई दुई स्ट्रोकले पछि पार्दै सिजे कप उनले उचाले ।
जासनले पार ७२ को स्याडो क्रिक गल्फ कोर्षमा चौथो दिन खेल टुग्याउँदा २० अण्डर २६८ खेल्दै उपाधि जितेका हुन् । चौथो दिनको खेल उनको निकै उत्कृष्ठ रह्यो । उनले कुनैपनि होलमा बोगीको सामना खेपेनन् । ८ अण्डर ६४ को स्कोर कार्ड बनाउँदै दुई स्ट्रोकको जित निकाल्न सफल भएका हुन् ।
पहिलो दिनमा उनले दुई अण्डर ७०को कार्ड बनाए । फ्रन्ट नाईन दुई अण्डर रहदाँ व्याक नाईन भने लेभल पार खेले । १० औं १५ औंं होलमा बोगी खेपेपछि पहिलो दिन निराशाजनक रुपमा टुग्याएका थिए । दोस्रो दिनको खेलमा पनि निकै सुधार गर्दै ६ अण्डर ६६ मा रहे । दशौं र १३ औं होलमा बोगी खेप्दै दुई स्ट्रोक खेर फालेपछि ६ अण्डरमा खुम्चिए ।
तेस्रो दिन चार अण्डर ६८ रहन पुगे । पहिलो होलमै बोगीबाट खेल्न थालेका उनले १४ औमा पुगेर अर्को बोगीको सामना गरे । अर्का अमेरिकन गल्फर जान्डर साउफेले १८ अण्डर २७० को कार्ड बनाई दोस्रो स्थानमा रहे । उनले पनि चौथो दिनमा ६ अण्डर ६६ खेल्दै दोस्रो स्थानमा चित्त बुझाए । १६ औं होलमा उनले बोगी खेलेपछि थप एक स्ट्रोक खेर गयो ।
माल्टाका ट्रिरेल ह्याटन तेस्रो स्थानमा रहे । उनले १७ अण्डर २७१ को कार्ड बनाए । अन्तिम दिन सात अण्डर ६५ को कार्ड बनाएपछि तेस्रो स्थानमा रहन पुगे । अन्तिम दिन दुई होलमा बोगी खेपेपछि जान्डरभन्दा एक स्ट्रोकले पछि परेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…