
कान्ट्लेलाई जोजो च्याम्पियनसीप उपाधि
एजेन्सी-अमेरिकन गल्फर प्याट्रिक कान्ट्लेले स्पेनिस गल्फर जोन राहम र अमेरिकाकै अर्का गल्फर जस्टिन थोमसलाई एक स्ट्रोकले पछि पार्दै २३ अण्डर २६५ को कार्ड बनाउँदै जोजो गल्फ च्याम्पियनसीपको उपाधि उचालेका छन् ।
अन्तिम दिन दुई होलमा बोगी खेपेपनि अन्तत उपाधि आफनो नाममा लेखाई छाडे । अमेरिकास्थित सेरउडस्थित ओएक पार्कमा आयोजित प्रतियोगिताका पहिलो, दोस्रो र तेस्रो दिन उत्कृष्ट प्रदर्शन गरेका उनले चौथो दिनमा भने आठौं र १६ औं होलमा बोगी खेप्न पुगेका थिए ।
स्पेनिस जोन र अमेरिकन जस्टिनले समान २२ अण्डर २६६ को कार्डमा टाई खेले । जोनले पनि अन्तिम दिनको खेलमा दुई स्ट्रोक गुमाए । व्याक नाईनमा १२ र १३ को होलमा बोगी खेपेपछि व्याक नाईन लेभल पारमा खेल्न पुगे । फ्रन्ट नाईनमा भने उनले चार अण्डर ३२ को स्कोरमा रहँदै उत्कृष्ट लयमा रहेका थिए ।
अमेरिकन गल्फर जस्टिन अन्तिम दिन खासै उत्कृष्ट प्रदर्शन भने गर्न सकेनन् । उनले पनि व्याक नाईन बोगी र बर्डी हिर्काउँदै लेभलपार ३६ खेले । तर फ्रन्ट नाईनमा राखेको तीन अण्डर नै उनको अन्तिम हुन पुग्यो ।
उपाधि च्याम्पियन कान्ट्लेले १४ लाख ४० हजार डलर पाउँदा जोन र जस्टिनले पनि ७ लाख ४ हजार डलर प्राप्त गरेका छन् । गत वर्ष प्रतियोगिता टाईगल उडले जितेका थिए । तर अहिले टाईगर उडले प्रतियोगिता टुग्याउँदा १ अण्डर २८७ स्कोरको कार्ड बनाएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…