सदस्य सचिव पार्टीको होईन क्वालिफाईड मान्छे छान्न सुझाव

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १६ गते २०७७ मा प्रकाशित


pokhara rangasala

पोखरा-जिल्ला तथा गण्डकी प्रदेश खेलकुद विकास परिषदमा कार्यसमिति चयन नभएको लामै समयै भईसक्यो । लामो समयको अन्तरालमा गण्डकी खेलकुद विकास विधेयक पास भएको छ । विधेयक पाससँगै खेलकुदको कार्यसमिति बन्ने बाटो खुला भएको छ ।

यद्यपी ऐन कार्यान्वयनमा आउन अझै दुईसाता लाग्ने छ । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्रमाणिकरण गरेपछि गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव बन्ने बाटो खुल्ने छ ।
सचिव बन्न स्नातक तह उत्तीर्ण अनिवार्य छ । त्यसले पनि झट्ट कोहीले सदस्य सचिव बन्न आँट भने गदैनन् । उमेरको हदबन्दी समेत तोकिएको छ ।

६० वर्षको उमेर नाघेपछि स्वतह सदस्य सचिवबाट हट्ने वा विधेयकले नै हटाउने छ । परिषद सदस्य सचिव बन्न मन्त्रालयले तीन सदस्य छनोट समेत गठन गरेपछि परेको आवेदनकै आधारमा उत्कृष्टलाई चयन गरिने छ । ‘स्वच्छ, इमान्दार एवं क्वालिफाईड सदस्य सचिव छनोट गरे खेलकुदको मर्यादा मात्रै होईन खेलकुदले फड्को समेत मार्छ’ प्रदेश स्रोतले भन्यो–‘भोलि आफनो मान्छे ,पार्टीको मान्छे, हस भन्ने अघिपछि गर्नेलाई राखियो भने खेलकुद विकास होईन झन खत्तम हुन्छ ।’प्रदेश सदस्यले पार्टीको नभई क्वालिफाईड व्यक्ति छान्नुपर्ने सुझाव दिएका छन् ।

प्रदेश सदस्य सचिव बन्न कुनै पनि खेलकुद संघसंस्थामा आवद्ध हुन नहुने खेलकुदकै पदाधिकारी बताउँछन् । कुनै एक संघमा आवद्ध भईरहेको व्यक्ति विशेष नै सदस्य सचिव भए अरु खेल बारे ध्यान दिन नसक्ने हुदाँ संघसंस्थाबाट राजीनामा दिएर स्वतन्त्र भएर आउनुपर्ने बुदाँ उल्लेख गर्नुपर्नेमा समेत खेलकुदकर्मीले जोड दिएका छन् । यद्यपी यस सम्बन्धी प्रदेश सामाजिक विकास मन्त्रालयले ठोस निर्णय भने गरेको छैन् ।