
गण्डकी प्रदेश जिल्ला खेलसंघ
पोखरा-गण्डकी प्रदेश खेलकुद परिषदमा दर्ता हुने खेल संघमा अब एउटा व्यक्ति दुई खेलसंघमा बस्न नपाउने व्यवस्था गरिएको छ । प्रदेश सभाको ५७ औं बैठकले पास गरेको गण्डकी खेलकुद विधेयकले एउटा व्यक्ति दुई खेल संघमा बस्न नपाउने प्रावधान बनाईदिएको छ ।
‘एउटा व्यक्ति एउटा संघमा मात्रै बस्नुपर्छ’ गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले भनिन । परिषदमा दर्ता भएको संघमा एउटै व्यक्ति दुई खेल संघमा बस्न नपाईने व्यवस्था गरिएको छ । विधेयकमा नै एउटै व्यक्ति दुईवटा खेल संघमा बस्न नपाउने प्रावधान छ ।’ उनको भनाई थियो । नयाँ बनेको खेलकुद विधेयकले पद ओगट्ने प्रवृत्तिको समेत अन्त्य हुने विश्वास छ ।
क्रिकेटको मात्रै प्रदेशस्तरीय संघ छ । गण्डकी प्रदेश क्रिकेट संघ अब गण्डकी खेलकुद परिषदमा दर्ता हुने सम्भावना छ । त्यसैगरी प्रदेशस्तरीय फुटबल संघ समेत बनाइएको थियो । अखिल नेपाल फुटबल संघले प्रदेशस्तरीय संघ बनाएपनि यद्यपी चर्चामा भने छैन् । खेलकुद परिषदमा प्रदेश खेल संघ दर्ता गर्न आधा भन्दा बढी जिल्लालाई समेट्नुपर्ने सामाजिक विकास मन्त्री पुनले बताईन् । गण्डकी प्रदेशमा ११ जिल्ला छन् । सबै भेगिए र सबै क्षेत्रलाई समेट्ने गरी सदस्य रहनुपर्ने विधेयकले जनाएको छ । ‘कम्तिमा ६ जिल्लाका खेलकर्मी सदस्यको रुपमा समेटेर प्रदेश खेल संघ दर्ता गरिनुपर्ने प्रावधान छ’ उनले भनिन–‘त्यसो नभए खेल संघ दर्ता भने हुदैन् ।’
जिल्ला खेल संघ दर्ता गर्न पनि तीनवटा स्थानीय तहमा दर्ता भएको हुनुपर्ने प्रावधान विधेयकमा छ । विधेयक नहुदाँ जिल्ला खेल संघ सिधै जिल्ला प्रशासन कार्यालयमा दर्ता भई जिल्ला खेलकुद विकास समितिमा दर्ता हुने प्रावधान थियो । तर अब जिल्ला खेल संघ गण्डकी प्रदेश खेलकुद परिषदमा दर्ता हुुनुपर्ने छ । दोहोरो संघमा बस्दा समय व्यवस्थापन गर्न समेत कठिनाई हुने हुदाँ त्यसले झन समस्या निम्त्याउने गरेको छ ।
‘तीन वटा गाँउपालिकामा दर्ता भएका खेल संघले जिल्ला खेल संघको रुपमा दर्ता हुन पाउने छ ।’ मन्त्री पुनले भनिन । गाँउपालिकामा खेल संघ दर्ता नभएको अवस्थामा जिल्ला संघ गठन गर्न नसकिने उनको स्पष्ट भनाई थियो । संघले गर्ने वार्षिक गतिविधि, खेलकुद प्रतियोगिता, वार्षिक प्रतिवेदन समेत सबै बुझाउनुपर्ने छ । जिल्ला खेल संघले वार्षिक प्रतिवेदन नबुझाए कार्वाही गरिने विधेयकमा उल्लेख छ । तर अहिल जिल्ला खेलकुद विकास समितिमा झण्डै तीन दर्जन खेल संघ दर्ता छन् । अधिकांसले वार्षिक प्रतिवेदन भने बुझाएका छैनन् । केही संघले मात्रै प्रतिवेदन बुझाउँदै आएका छन् ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…