
Nadal Celebrates after winning
एजेन्सी-फ्रेन्च ओपन टेनिस प्रतियोगिता अन्तर्गत शीर्ष बरियता दोस्रो नम्बरमा रहेको स्पेनिस राफल नाडालले चौथो चरणमा सोझो सेटको जित निकाल्दै पाँचौ चरणमा प्रवेश गरेका छन् ।
आईतबार फिलिप चाटरियर कोर्टमा भएको प्रतिस्पधा{मा नाडालले सोझो सेटमा जित निकालने क्रममा सेवास्तियन कोडा{लाई पराजित गरेका हुन् ।
कोर्डाकाो सर्भिस प्वाइन्ट ब्रेक गर्दै पहिलो सेट ६-१ ले लिएका नाडालले दोस्रो सेट पनि ६-१ मै लिएर जित सहज तर्फ उन्मुख भए । तेस्रो सेट ६-२ ले लिदैं फ्रेन्च ओपनको उपाधि यात्रा तर्फ लम्किएका हुन् ।
उता महिला तर्फ भने शीर्ष बरियताकी रोमानियाकी सलिमा हलेप भने अत्याशित हार व्यहोर्दैबाहिरिएकी छिन् । आईतबार उनलाई पोल्याण्डकी युवा खेलाडी ईगा स्वायटेकले सोझो सेटमा पराजित गरिन् । ईगाले ६-१, ६-२ को सेटले पराजित गरेकी थिईन् ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…