
पराजितपछि निराश मुद्रामा जेरेभ ।
एजेन्सी-छैटौं बरियताका जर्मनीका अलेक्जण्डर जेरेभ इटालीयन खेलाडीसँग फ्रेन्च ओपनमा चौथो चरणमा स्तब्ध बन्न पुगेका छन् । इटालीका जेनिक सिनरले जेरेभलाई चौथो चरणमा चौथो सेटमा पराजित गर्दै क्र्वाटरफाईनलमा शीर्ष बरियताका स्पेनिस खेलाडी राफाल नाडालसँग भेट पक्का गरेका छन् ।
पहिलो सेट ६-३ ले गुमाएका जेरेभले दोस्रो सेट पनि उस्तै गरी गुमाउन पुगे । दोस्रो सेट पनि ६-३ ले गुमाए । तेस्रो सेटमा भने लयमा फर्किए । ४-६ सेटले आफनो पक्षमा पारेको जेरेभ चोथो सेटमा पनि ६-३ मै गुमाउँदै फ्रेन्च ओपनबाट बाहिरिन पुगे ।
जेरेभले तेस्रो सेट आफनो पक्षमा पार्न सबैभन्दा लामो र्याली गरे । २५ सट हिर्काए । एक प्वाईन्ट लिन १९ मिनेट ५४ सेकेण्डको समय लगाँउदै १-३ को अग्रता लिएका थिए । तर चौथो सेटमा भने उनको जोर चलेन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…