
अस्ताना ओपनको उपाधिसहित मिलमन ।
एजेन्सी-काजाकास्तानमा आयोजित अस्ताना ओपन टेनिसका उपाधि अष्ट्रेलियाका जोन मिलमनले जितेका छन् ।
आईतबार काजाकास्तानस्थित सेन्टर टेनिस कोर्टमा भएको फाईनलमा मिलमनले फ्रान्सका एड्रियन मन्नारिनोलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।
मिलमनले पहिलो सेट जित्न संघर्ष गरे । अन्तत उनले ७-५ मा पहिलो सेट लिदैं उपाधिको हकदार बन्न एक सेट पछि रहे । दोस्रो सेटमा भने मिलमनले मन्नारिनोलाई ६-१ को सोझै सेटमा पराजित गर्दै उपाधि आफनो नाममा लेखाएका हुन् ।