
बेमुर्डा गल्फ च्याम्पियन ब्रियन गाय ।
एजेन्सी-अमेरिकन गल्फर ब्रियन गायले प्ले अफमा वाईन्डम क्लार्कलाई एक स्ट्रोकले पछि पार्दै साउथह्यामटन परिचस्थित पोर्ट रोयल गल्फ कोर्षमा आयोजित बेमुर्डा गल्फ च्याम्पियनको उपाधि जितेका छन् ।
अन्तिम खेल गायले १२ फिटको दुरीबाट १८ होलमा बर्डी हिर्काएपछि जित निकालेका थिए । ४८ वर्षिय गायको करियरकै पाँचौ पिजिए टुर उपाधि हो । गायले १७ होलमा बोगी खेपे । १७ होलको पार ५ मा उनले एक स्ट्रोक बढी हिर्काउदै बोगी खेपे ।
पार ७१ को कोर्षमा दुवैले समान १५ अण्डर २६९ को कार्ड बनाउँदै बराबरीमा टुग्याएका थिए । एक होलको प्ले अफमा गायले तीन स्ट्रोक खेल्दा क्लार्कले ४ स्ट्रोक खेल्न पुगे ।
अन्तिम दिनको खेलमा गायले ७ अण्डर ६४ को कार्ड बनाए । उत्कृष्ट लयमा देखिएका गायले आठौं र १७ औं होलमा खेपे । तर उनले ९ अण्डर खेलिसकेको अवस्थामा १८ होल टुग्याउँदा ७ अण्डर ६४ को स्थितिमा रहेका थिए ।
दोस्रो स्थानमा रहेका अमेरिकन गल्फर क्लार्कले फ्रन्ट नाईनमा उत्कृष्ट प्रदर्शन गर्दै ५ अण्डर ३१ मा रहेर व्याक नाईन शुरु गरेका थिए । तर व्याक नाइन भने उनले सोचे जस्तो प्रदर्शन गर्न सकेनन् ।
व्याक नाईनमा केवल २ अण्डर रहदाँ १६ होलमा पुगेर बोगीको सामना गरे । खेल टुग्याउँदा उनी ६ अण्डर ६५ मा रहँदै दोस्रो स्थानमा चित्त बुझाए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…