नाडालले जिते टेनिस करियरमा १००० खेल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २० गते २०७७ मा प्रकाशित


१००० खेल जिते नाडालले

एजेन्सी-स्पेनिस टेनिस स्टार राफाल नाडालले आफनो टेनिस करियरमा १००० हजार खेल जित्ने खेलाडको सूचीमा दरिएका छन् । उनले बुधबार राती पेरिस माष्टर्स टेनिसमा जित निकाल्दै एक हजार खेल जित्दैं कोशेढुंगा पुरा गरेका हुन् । एक हजार खेल जित्ने उनी चौथो खेलाडी हुन् ।

पेरिस माष्र्टसमा उनर्ल फेलिसियानो लोपेजलाई ४-६, ७-६(५), ६-४ को सेटले पराजित गर्दै शुरुवाती गर्दा नाडालले करियरको नयाँ उचाईमा पुगेका हुन् ।

उनी भन्दा अघि जिम्मी कोर्नर्स(१२७४), रोजर फेडेरर(१२४२) र इभान ल्याण्डल(१०६८) रहेका छन् । ३४ वर्षिय नाडालले १५ वर्षकै उमेरमा पहिलो राउण्डमा पाराग्वेका रामोन डेलगाडोलाई पराजित गरेका थिए । सन २००२ मा उनको पहिलो जितसँगै टेनिसको करियर शुरुवात भएको थियो ।

त्यसकै एकवर्षपछि नाडालले फ्रेन्च ओपनमा दुई खेल जित्दै सनसनी मच्चाएका थिए । कोरोनाकै महामारीकै बीचमा उनले फ्रेन्च ओपन जित्दै रोजर फेडेररको २० ग्राण्डस्लाम उपाधि जित्ने किर्तिमानीसँग बराबरी गरेका थिए ।

उनी भन्छन. तुलना गर्न निकै कठिन हुन्छ ताकि ताकतको अनुपातसँग । यो त अनुभव । समर्थकको सदिक्षा अनुसार २ हजारको पनि सम्भावना हुन्छ । उनी २४ वर्षकै उमेरमा ५ सय खेल जितिसकेको थिए । ३५ माष्टर्स र सबैखाले ८६ प्रतियोगिता जितेका थिए ।