
राफाल नाडाल
पेरिस(एजेन्सी)-दुईदिन अघि मात्रै १ हजार खेल जितेर कोशेढुंगा पुरा गरेका शीर्ष बरियता स्पेनिस खेलाडी राफाल नाडाल रोलेक्स पेरिस मास्टर्सबाट शनिबार बाहिरिएका छन् ।
फ्रान्सकै पेरिसमा गत महिना आयोजित फ्रेन्च ओपन जित्दै रोजर फेडेररको २० ग्राण्डस्लाम उपाधि जित्ने किर्तिमानीसँग बराबरी गरेको नाडाला पेरिस माष्टर्स ओपन टेनिसमा भने पराजित हुदैं उपाधि विहीन भएका छन् ।
सेमिफाईनल प्रतिस्पर्धामा जर्मनीका एलेक्साण्डेर जेरेभसँग पहिलो सेट ६(४ को सेटमा पराजित हुन पुगे । दोस्रो सेटमा पनि पछि परेको नाडाल ७-५ कै अवस्थामा गुमाउँदै पेरिस माष्टर्स उपाधि उचाल्ने चाहना पुरा गर्न सकेनन् ।
जेरेभले उपाधिको लागि डानिल मेदभेदेभसँग प्रतिस्पर्धा गर्ने छन् । रसियाका मेदभेदेभले क्यानडाका मिलोर राओनिकलाई ६-४, ७-६(४)को सेटमा पराजित गर्दै फाईनल सुरक्षित बनाएका थिए ।