मेदभेदेभलाई पेरिस माष्टर्सको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २४ गते २०७७ मा प्रकाशित


उपाधिसहित मेदभेदेभ ।

पेरिस(एजेन्सी)-शीर्ष बरियताका स्पेनिस राफाल नाडाललाई पराजित गर्दै फाईनलसम्मको यात्रा तय गरेका अलेक्साण्डर जेरेभ उपाधि विहीन बनेका छन् ।

गएराती पेरिसमा भएको रोलेक्स पेरिस माष्टर्स टेनिसको फाईनलमा जेरेभ रसियन डानिल मेदभेदेभसँग पराजित हुदैं उपाधि विहीन बन्न पुगे ।

पहिलो सेट जेरेभले आफनो पक्षमा पारे । तर दोस्रो र तेस्रो सेट भने मेदभेदेभसँग सोझै सेटमा पराजिन भए ।

जेरेभले पहिलो सेट ७-५ ले लिदैं उपाधि उचाल्ने सम्भावना देखाएका थिए । तर दोस्रो सेट अप्रत्यासित रुपमा मेदभेदेभलाई सुम्पिनु परेपछि सेट निर्णायक बन्न पुग्यो । दोस्रो सेट जेरेभ ६-४ ले गुमाएका थिए ।

तेस्रो एवं निर्णायक सेटमा पनि जेरेभको जोर चलेन् । जर्मनीका जेरेभ पहिलो अंक देखि कमजोर देखिएपछि सहज पराजयको संघारमा पुगे । ६-१ ले अन्तिम सेट लिदैं मेदभेदेभले पेरिस माष्टर्सको उपाधि आफनो नाममा लेखाए ।