
उपाधिसहित मेक्सिकन गल्फर ओर्टिज ।
एजेन्सी-जापानीज खेलाडी हिदेकाई मात्सुयामा र अमेरिकन गल्फर डस्टिन जोन्सनलाई दुई स्ट्रोकले पछि पार्दै मेक्सिकन गल्फर कार्लोस ओर्टिजले भिभिन्ट हस्टन ओपन गल्फको उपाधि उचालेका छन् ।
अमेरिकाको हस्टनस्थित मेमोरियल पार्क गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा अन्तिम दिनको खेल टुग्याउँदा मेक्सिकन गल्फर ओर्टिजले १३ अण्डर २६७ को कार्ड बनाउँदै उपाधि उचाले ।
पार ७० को कोर्षमा अन्तिम दिन ५अण्डर ६५ को कार्ड बनाउँदा उपाधि उचाल्ने पर्याप्त हुन पुग्यो । पहिलो, दोस्रो र तेस्रो दिन बोगी खेप्दै अगाडि बढेका ओर्टिजले अन्तिम दिन भने ५ अण्डर खेल्दै उत्कृष्ट रुपमा टुग्याए ।
दोस्रो स्थानमा रहेका जापानीज खेलाडी मात्सुयामाले अन्तिम दिन भने ७ अण्डर ६३ को कार्ड बनाएका थिए । दोस्रो दिनको खेल शुरुवातसँगै उनले छैटौं होलमा भोगेको डबल बोगीले दोस्रो स्थानमा खुम्चिन बाध्य भए ।
डबल बोगीकै कारण उनले दोस्रो दिन लेभल पारमा टुग्याएका थिए । पहिलो दिनमा पनि उनले दुई अण्डर र दुई बोगी खेपेपछि लेभल पारकै स्थितिमा रहे । अन्तिम दिन खराब लयलाई सुधार्दै उत्कृष्ट ७ अण्डरमा टुग्याउँदा दोस्रो स्थानमा आईपुगेका थिए ।
उनीसँगै टाई खेलेका अमेरिकन गल्फर डस्टिन जोन्सनले पनि ११ अण्डर २६९ को कार्डमा रहे । जोन्सनले अन्तिम दिन ५ अण्डर ६५ को कार्ड बनाएका थिए । पहिलो दिन उनले दुई ओभर ७२ मा खेल्दै शुरुवात गरे । व्याक नाईनमा ५ बोगी खेपे ।
१२, १४ र १६,१७,१८ औं होलमा बोगी खेप्दै खराब शुरुवात गरेका पछिल्ला दिन खेलमा सुधार्दै दोस्रो स्थानको लागि जापानीज खेलाडीसँग टाई खेलेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…