टेबल टेनिस खेलाडीका लागि पावेलको ३२ लाख सहयोग

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २४ गते २०७७ मा प्रकाशित


टेवलटेनिस खेलाडीहरुका लागि ३२ लाख बराबरको सहयोग

काठमाडौ-स्जिरल्याण्डका राष्ट्रिय प्रशिक्षक पावेल रेहोरेकले नेपालका टेवलटेनिस खेलाडीहरुका लागि ३२ लाख बराबरको सहयोग गर्ने भएका छन् ।पावेलले एभिएमका टेबलटेनिस खेलाडीका लागि उक्त रकम खर्च गर्न लागेको प्रशिक्षक पुरुषोत्तम बज्राचार्यले जानकारी गराए । पावेलले हालै पुरस्कार जितेका हुन् । यो पुरस्कार सामाजिक तथा खेलकुदको विकासको विकासमा गरेको योगदानको मुल्याङकनको आधारमा प्रदान गरिन्छ । उक्त पुरस्कारबाट प्राप्त हुने २५००० स्विस फ्रान्क ९३२ लाख नेपाली० नेपालमा टेबलटेनिस खेल विकासका लागि पावेलले खर्च गर्न लागेका हुन् । पावेलको यो एभिएम स्कुलका खेलाडीहरुका लागि चौथो पटकको सहयोग हो । पावेलको सहयोगले एभिएमका स्कुलका खेलाडीहरुको स्तरोन्नतीमा निकैनै ठुलो मद्धत मिलेको प्रशिक्षक बज्राचार्यले बताए ।

यो रकम एभिएममा टेबलटेनिस हल निर्माणमा खर्च गर्नका लागि प्रदान गर्न लागिएको हो । प्राप्त रकम हलमा सुविधा युक्त चेन्जिङ्ग रुम, ट्वाईलेट, जिमहल, ईन्जुरी रिकभरीका लागि फिटनेश ट्रेनर राख्ने, हलभित्र प्रोफेसनल लाईटिङ्ग सिस्टम, फल्स सिलिङ्ग, कपबोर्ड तथा बाहिर प्रशिक्षणका लागि ३ वटा टेबलटेनिस बोर्डका लागि खर्च गर्न लागिएको हो । जसका लागि सम्पूर्ण डिजाईनहरु तयार भईसकेको र अर्को हप्ता देखि काम सुरु हुने प्रशिक्षक बज्राचार्यले बताए । यस सहयोगले एभिएमका खेलाडी मात्र नभई भविष्यमा प्रतिभावान खेलाडी उत्पादन गर्न समेत सहयोग पुग्ने प्रशिक्षक बज्राचार्यको बिश्वास रहेको छ ।

जति धेरै सुविधा खेलाडीहरुले प्राप्त गर्नेछन् त्यतीनै सफलता पाउने पावेलको भनाई रहेको छ । भविष्यमा पनि नेपाली राष्ट्रिय प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गरि स्तर बृद्धि गर्ने र नेपालमा टेबलटेनिस खेलको विकास गर्ने उनको सोच रहेको छ । राष्ट्रिय खेलाडीहरुले पनि नपाएको सुविधाहरु पाउने भएबाट एभिएमका खेलाडी विद्यार्थीहरु निकैनै हर्षित तथा उत्साहित भएका छन् । जुन नेपाल मा टेबलटेनिस बिकासका लागि निकैनै ठुलो कुरा भएको प्रशिक्षक बज्राचार्यले बताए ।

यसअघी पनि पावेलले एभिएमका टेबलटेनिस खेलाडीहरुको लागि सहयोग गर्दै आईरहेको प्रशिक्षक बज्राचार्यले बताए । श्रीलङ्काको भ्रमणका क्रममा पावेलको बारेमा जानकारी प्राप्त भयो त्यस पछि सामाजिक संजाल मार्फत सम्पर्क गरि स्कुलका बच्चाहरुलाई प्रशिक्षण दिन अनुरोध गर्दा उहाँले त्यसलाई स्विकार्दै २०१७ मा नेपाल आगमन गरेको र स्कुलका खेलाडी बिद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरको थिए – प्रशिक्षक बज्राचार्यले बताए ।

बज्राचार्यका अनुसार प्रशिक्षणका क्रममा स्कुलका खेलाडीहरुले खाल्टाखुल्टी भएको भुईमा साधारण प्लाईउडको टेवलमा ईट्टाको नेट बनाएर खेलेको देखेर सहयोग गर्ने ईच्छा जागी स्वदेश फर्के पश्चात १ लाख बराबरको नेट, बल र ¥याकेटको रवर पठाई दिएका थिए । यस्तै पावेलले २०१८ मा ३ हजार डलर बराबरको ४ वटा प्रोफेसनल बोर्ड, बल र रवर प्रदान गरे । २०१९ मा ३ हजार डलर बराबरको अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा प्रयोग हुने म्याट प्रदान गरेको बज्राचार्यले जानकारी गराए ।

पावेलले नेपाल भ्रमणका समयमा राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गर्दै आईरहेका छन् । यस पटक पनि नेपालको भ्रमण गर्ने कार्यक्रम रहेकोमा विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ कारण उनको नेपाल भ्रमण स्थगित भएको प्रशिक्षक बज्राचार्यले बताए ।