
राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको छलफलमा सम्बोधन गर्दैै मन्त्री विक ।
काठमाडौं- युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार(बिश्वाकर्मा)ले गण्डकी प्रदेशको पोखरामा संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति आगमी राखेपको बोर्ड बैठकमा तय गरिने बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्आयोजनामा संचालन भएको अन्तक्रिया कार्यक्रममा खेलाडीको स्वास्थ्यलाई जोखिममा राखेर राज्य अगाडि बढ्न सक्दैन,कोभिडको प्रभाब र असरलाई न्यूनिकरण गदै खेलक्षेत्रको विकास–विस्तार र समृद्धिलाई कसरी लैजाने यो नै चुनौती र अबिभारा हो । उनले भने– १३औं साग सम्पन्न पश्चात १ बर्षको अवधिमा खेलकुदले धेरै कुरा गुमाएको छ,कोरानाको परिबेश नभएको भए नवौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा आयोजना गर्ने संकल्पबाट बिचल्लित हुने थिएनौं । यदपी भब्यताको कुनै कमि नरहने गरि नवौं राष्ट्रिय खेलकुद हुन्छ,त्यसका लागि आगामी राखेपको बैठकले उपयुक्त मिति तय गर्ने छ ।
अन्तरक्रिया कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद २०७७ आयोजना तथा संचालन सम्बन्धी बिषयमा छलफल भएको थियो । त्यस्तै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यान्वयन तथा राष्ट्रिय संघको जिम्मेवारी दायित्व र खेल गतिविधि संचालन र सुचारु गर्ने सम्बन्धमा ३६ राष्ट्रिय संघबीच छलफल भएको थियो । अन्तरक्रिया कार्यक्रममा आफ्नो धारण राख्दै राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदलाई सामान्य अवस्थामा फर्काउने प्रयास भएको बताए । ओलम्पिकमा समावेश हुने खेललगायत अन्य खेलहरुको पनि प्रशिक्षण शुरु भएको छ,कोभिडको केन्द्र खेलकुद नवनोस् त्यो कुरामा हामी सचेत छौं । उनको भनाई थियो ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले कोभिडका कारण नवौं राष्ट्रिय खेलकुद तोकिएको मितिमा हुन नसक्ने धारणा राखे । नेपाल कबड्डी संघकी अध्यक्ष संसद तुलसा थापा,युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया,बागमती प्रदेशका सदस्य–सचिव सुर्य भण्डारीलगायत बिभिन्न संघका अध्यक्ष तथा महासचिवले अन्तरक्रिया कार्यक्रममा आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा राखेपका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…