
राईजिङ पोखरा क्रिकेट क्लब विरुद्ध बलिंग गर्दै विपिन खत्री ।
पोखरा-विपिन खत्रीले अलराण्डर प्रदर्शन गरेपछि सांग्रिला क्रिकेट क्लबले राईजिङ पोखरा क्रिकेट क्लबलाई १३४ रनले पराजित गर्दै कास्की क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगिताको फाईनल प्रवेश गरेको छ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जितेर व्याटिङ गरेको सांग्रिलाले विपिन खत्रीको ९२ रनको योगदानमा २२३ रनको योगफल तयार पारेको थियो । ३८.५ ओभर खेल्ने क्रममा सांग्रिलाले कमजोर देखिएको टोलीमाथि व्याटिङ र बलिङ दुवैमा हावी बन्न पुग्यो । ५० बल खेल्ने क्रममा खत्रीले ९२ रन हिर्काउँदा ६ चौका र ८ छक्का स्कोर कार्डमा चढाएका थिए ।

खत्रीले अरुण अधिकारीसँग महत्वपूर्ण साझेदारी निभाए । दुवैले १२० रनको साझेदारी निभाउँदै राईजिङ पोखरा क्रिकेट क्लबलाई बलियो लक्ष्य दिएको थियो । अधिकारीले भने ३० रन जोड्न ६१ ब्ल खर्चिए । उनको पारीमा केवल ३ चौका मात्रै लेखियो । सुदिप पौडेलले ३० बल खेलेर केवल १६ रनमा क्रिज छाडेका थिए । सांग्रिलाको फष्ट अर्डर व्याट्सम्यानको कमजोर प्रदर्शन रह्यो । मध्यक्रममा अरुण र विपिनले इनिङ सम्हाल्दै बलियो आधार तयार पारेका थिए । अम्रिन पौडेलले ६ ओभरमा ३६ रन दिएर ४ विकेट लिए । किरण पौडेल र सुदिप भट्टराईले समान दुई दुई विकेट आफनो नाममा लेखाएका थिए ।
स्रांग्रिलाका कप्तान विपिन खत्रीले ९–४–२२–४ को प्रदर्शन गरेपछि २२४ रनको लक्ष्य पछ्याएको राईजिङ पोखरा क्रिकेट क्लब सस्तैमा समेटिने क्रममा ८९ रनमा अल आउट हुन पुग्यो । प्रतियोगितामै एकै ओभरमा सर्वाधिक मेडन राख्ने उनी पहिलो खेलाडी समेत हुन् ।
सुदिप पौडेलले पनि ८ ओभरमा १ मेडन राख्दै ३३ रन खर्चिएर ३ विकेट लिएपछि राईजिङ पोखराको क्रिकेट क्लबका व्याट्सम्यानले दोहोरो अंकको रन जोड्न चुके । दोहोरो रन जोड्ने क्रममा मिलन थापाले २१ र निर्मल क्षत्रीले १४ रन बाहेक अन्इ व्याट्सम्यानको स्कोर भने दोहोरो अंक छुन सकेन् । शनिबार पोखरा क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…