क्लाईम्बिङको सम्भावना, सामानको अभाव

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ३० गते २०७७ मा प्रकाशित


पर्खाल आरोहण गर्दै आरोहीहरु । तस्बिर फाईल ।

पोखरा-गण्डकी प्रदेश साहसिक खेल क्लाईम्बिङको लागि गन्तव्य बन्न सक्ने सम्भावना भएपनि आवश्यक उपकरणको अभावमा भने ओझेलमै परेको छ । प्रदेशमा साहसिक खेलको रुपमा वाल(पर्खाल), रक(चट्टान ) र आईस(हिमाल/पिक) क्लाम्बिङ गर्न सकिन्छ । क्लाईम्बिङ मार्फत साहसिक खेलसँगै पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा क्लाईम्बर्सले नै जोड दिदैं आएका छन् । तर आवश्यक उपकरणको अभावले अघि बढ्न सकिएको अवस्था भने छैन् ।

कुमारी माछापुच्छ्रेको फेदैमा रहेको मर्दी पिक चढ्ने बातावरण तयार ट्रेकिङ व्यवसायी एवं क्लाम्बर्सले गरेका छन् । पिक चढ्नको लागि अप्ठ्रो ठाँउहरुमा डोरी झुण्ड्याउन फलामे बोल्टहरु राखिएको छ । ‘मर्दी पिकलाई लक्षित गर्दै डोरी झुण्ड्याउन बोल्ट फिक्स गरिसकेका छौं ।’नेपाल पर्वतारोहण संघका सदस्य पासाङ ग्ल्याजेन शेर्पाले भने–‘बोल्ट फिक्स गरिएपछि डोरीको सहयोगमा माथि चढन सजिलो हुन्छ ।’ एक महिना अघि मात्रै बोल्टहरु राखिएको उनको भनाई थियो । कोरोना कहरमै मर्दी टे«किङ जानेको लर्को नै थियो । यद्यपी अर्को वर्षलाई लक्षित गरी मर्दी हिमाललाई लक्षित गरिएको हो ।

आईसमात्रै नभई चट्टान क्लाईम्बिङ(पर्वतारोहण) पर्वतीय पर्यटनको आधार हुन् । चट्टान क्लाम्बिङको लागि मुस्ताङको जोमसोमस्थित नेपाल आर्मीको मातहतमा रहेको डाडाँ गर्दै आएको छ । तनहुँको बिमलनगरको चट्टान युक्त डाडाँमा क्लाईम्बिङ गर्न सकिन्छ । ‘क्लाईम्बिङ मार्फत साहसिक खेल एवं पर्वतीय पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ’ उनले भने–‘त्यसको लागि आवश्यक उपकरण सहजता हुनुपर्छ ।’ मनाङमा आईस क्लाईम्बिङको लागि पठन पाठनसँगै प्राक्टिस समेत गराईदैं आएको छ । मनाङको पिसाङमा मनाङ मान्उटेनरिङ स्कूल सञ्चालित छ । स्कूलमा दुईवटा कोर्ष हुने गरेको छ । एक महिनादेखि बढीमा डेढमहिनाको कोर्ष हुन्छ । आईस क्लाइम्बिङ प्राक्टिस गरिन्छ । क्लाम्बिङको समयमा डोरी कसरी लगाउने, रुट कसरी बनाउने, साथीभाइ अडकिएको अवस्थामा कसरी उद्दार गर्ने लगायत विविध विषयमा जानकारी गराइने उनले सुनाए ।

‘आवश्यक सामाग्रीको अभाव छ । पोखरामा क्लाईम्बिङका सामान केही पाईदैन् । प्रवद्र्धन हुन सकेको छैन् ।’ उनको भनाई थियो । आईस तथा रक क्लाईम्बिङको लागि आवश्यक डोरी, नट, अंकुश, हुक, रक किल्ला, आईस ह्यामर लगायतका सामान सहजै पाउन सकिदैन् । गण्डकी प्रदेशमै ती सामान पाइन्नन । सामान नपाईदाँ क्लाईम्बिङमा समस्या हुदैं आएको छ ।

नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले गण्डकी प्रदेश पर्वतीय खेलकुदको गन्तव्य बन्न सक्ने दावी गरे । उनले मनाङमा शुरु भईसकेको क्लाईम्बिङ सम्बन्धी पठन पाठनसँगैको प्रशिक्षणले पर्वतीय खेलकुदसँगै पर्वतीय पर्यटनमा नया आयाम थपिने विश्वास व्यक्त गरे । ‘पर्वतीय पर्यटनको लागि सरोकार निकायसँगै प्रदेश सरकारले पनि गम्भीरता देखाउनुपर्छ ।’ उनको भनाई थियो ।