
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुट्दै कराँतेका खेलाडीहरु । तस्बिर फाईल
पोखरा-यतिबेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चा छ । राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक सुझाव राष्ट्रिय खेलकुद परिषदले मागेको छ । कोरोना कहर छ । कोरोनाले सबैक्षेत्र सन्त्रासमै छ । यद्यपी खेलकुद विस्तारै चलायमान हुदैं गएको छ । खेलकुद गतिविधि बढ्दै गएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्मेवारी गण्डकी प्रदेशको काँधमा छ । चर्चासँगै प्रशिक्षण गराउनुपर्ने दायित्व समेत बढेको छ । ३५ खेल समावेश छन् । ३५ खेलमध्ये थोरै खेलका मात्रै प्रशिक्षक छन् । सितेरियो कराँते, तेक्वान्दो, उसु, भलिबल, शारीरिक सुगठन, एथलेटिक्स र जिमन्याष्टिकका मात्रै प्रशिक्षक छन् । बाँकी खेल प्रशिक्षक विहीन अवस्थामा छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चा चलिरहँदा प्रशिक्षक नहुँदाको पीडा गण्डकी प्रदेश खेलकुदले भोग्दै आएको छ । स्वय सेवक प्रशिक्षकको भरमा धानिनुपर्ने बाध्यता छ । पदकको अपेक्षा उस्तै छ । तर सिकाउने दक्ष प्रशिक्षककै अभावमा भने कास्कीको खेलकुद रुमलिएको छ ।

गण्डकी प्रदेशले आयोजनाको दायित्वसँगै पदकको शाख समेत जोगाउनुपर्ने बाध्यता छ । दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४० सालमा पोखरामै आयोजना गरिएको थियो । ३७ वर्षपछि फेरी पोखरा फर्किएको छ । पोखरामा मात्रै होईन गण्डकी प्रदेशका ९ वटै जिल्लामा खेलहरु सञ्चालन गरिने सम्भावना छ ।
मंगलबार राय सुझाव संकलनकै लागि पोखरामा रहेका खेल संघहरुसँग छलफल गरियो । छलफलमा अधिकांश खेल संघले प्रशिक्षक विहीनको गुनासो सुनाए । तर प्रशिक्षक नियुक्त गर्ने सम्बन्धमा राष्ट्रिय खेलकुद परिषदले समन्वय गर्ने ध्यान दिनुपर्ने सुझाव दिइएको छ । ‘पदकको अपेक्षा गरिएको छ तर प्रशिक्षक भने छैनन् । कसरी शाख जोगाउने चिन्ताको विषय हो ।’ गुनासो खेल संघको थियो ।
नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा फुल कन्ट्याक्ट कराँतेले गण्डकी प्रदेशको शाख जोगाएको थियो । गण्डकी प्रदेश टिम च्याम्पियन बन्यो । चार स्वर्ण, तीन रजत र दुई कास्य पदकसहित टिम च्याम्पियन बनेको थियो । प्रशिक्षक सुवास खड्का थिए । ‘गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक हो । आयोजक भईसकेपछि उत्कृष्ट नजिता कसरी ल्याउन सकिन्छ । यो बेलामा कसरी प्रतियोगिता सम्भव छ भन्ने विषयमा छलफल गरियो’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले भने–‘सबै संघका पदाधिकारीलाई राय सुझावको लागि आग्रह गरिएको छ ।’
सबै संघले दिएको सुझावलाई परिषदमा पठाउने उनले सुनाए । सुझाव अनुसार नै नवौंको आवश्यक तयारीलाई कसरी अगाडि बढाउने भन्ने अहिलेको उद्देश्य र चुनौति रहेको कार्यालय प्रमुख योगीको भनाई थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…