खेलकुदको गतिविधिसँगै नवौं राष्ट्रिय खेलकुदको चर्चा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १ गते २०७७ मा प्रकाशित


चर्चा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता ।

पोखरा-कोरोनाले सबैक्षेत्र सन्त्रासमै छ । खेलकुद विस्तारै चलायमान हुदैं गएको छ । खेलकुद गतिविधि बढ्दै गएको छ । कोरोनाको सन्त्राससँगै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद पषिदले पोखरामा विभिन्न जिल्ला संघका पदाधिकारीसँग छलफल गर्दै राय सुझाव पेश गर्न आग्रह गरेको छ ।

खेलकुद गतिविधि बढ्दै गएपछि प्रदेशका सबै जिल्लासँग प्रतियोगिताको बारेमा आवश्यक सुझाव माग्नुपर्ने राय छ । परिषदले पोखरामै रहेका विभिन्न खेलसँग मात्रै सुझाव मागेको छ । ‘जिल्लाहरुमा खेलकुदको अवस्था कस्तो छ । प्रशिक्षण गर्ने बातावरण छ कि छैन् । खेलाडीको अवस्था के छ त्यो बुझेर मात्रै अघि बढ्नुपर्छ ।’ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपकबहादुर गोदारले भने–‘पोखरालाई मात्रै लक्षित गरेर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने र नहुने विषयमा निर्णय गर्न सकिने अवस्था रहदैन् ।’ उनका अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सबै जिल्लालाई सूचित गरेर जिल्ला छनोट हुदैं खेलाडी प्रदेश छनोटसम्म आईपुग्ने अवस्थाको बारेमा समेत बुझ्नुपर्छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका प्रशिक्षण विभाग निर्देशक कृष्ण तिमिल्सिनाले संघले दिएको सुझावलाई परिषदले पठाउने र परिषदले नै निर्णय गरेपछि कार्यान्वयन गरिने बताए । ‘खेलाडी लामै समय घरमै बसेका छन् । प्रतियोगिताको लागि प्रशिक्षणको समय पाए नजिता राम्रो आउथ्यो कि भन्ने हाम्रो अपेक्षा हो ।’ उनले भने–‘परिषदले निर्णय गर्ने हो । निर्णयलाई हामीले हाम्रो तहबाट कार्यान्वयन गर्ने मात्रै हो ।’ प्रशिक्षणको समय पाएको अवस्थामा प्रशिक्षण गराउन सहज हुने विश्वास उनको थियो । गण्डकी प्रदेशले आयोजनाको दायित्वसँगै पदकको शाख समेत जोगाउनुपर्ने अर्को बाध्यता छ । दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४० सालमा पोखरामै आयोजना गरिएको थियो । ३७ वर्षपछि फेरी पोखरा फर्किएको छ । ३७ वर्षै अघि केवल १३ खेल समावेश गरिएको थियो ।

राष्ट्यि खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले अहिले नै राष्ट्रि खेलकुद प्रतियोगिता गर्न सकिने अवस्था नरहेको प्रष्ट्याए । खेलकुद आयोजना मात्रै ठुलो होईन भन्दै उनले प्रदेशका सबै जिल्ला तहमा खेलकुद प्रशिक्षण गराउन सक्ने अवस्थाको बारेमा समेत ध्यान दिनुपर्नेमा जोड दिए । खेलाडीको लागि राष्ट्रिय खेलकुद प्रतियोगिता ठुलो खेल पर्व भएपनि समूहगत खेलको प्रशिक्षणमा कठिनाई हुने बताए । उनले पोखरालाई मात्रै ध्यानमा नराखी जिल्लाबाट छनोट गरेर पोखरा आउने बातावरणको बारेमा समेत खेलकुद परिषद सचेत हुनुपर्ने स्पष्ट पारे ।