
प्रदेश क्रिकेट छनोट
पोखरा-कास्कीले स्याङजालाई ७ विकेटले पराजित गर्दै गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । शुक्रबार पोखरा रंगशालामा टस जितेर व्याटिङ गरेको स्याङजाले दिएको १२० रनको लक्ष्यलाई कास्कीले ३ विकेटको क्षतिमा २८.४ ओभर खेल्दै पुरा गर्यो ।
अभिषेक थापाले ४३ रन नटआउट खेलेपछि १२० रनको लक्ष्य पछ्याएको कास्कीले २८.४ ओभरमा पुरा गरेको थियो । जितसँगै कास्की शीर्षस्थानमा छ । दिपेश खत्री ८ रनमै आउट भएपछि कास्कीले दवाब महशुस गर्यो । खत्री अंकित न्यौपानेको बलमा समातिए । साहिल कार्की पनि १२ रनमै आउट भएपछि कास्की थप दबावमा पर्यो । कार्कीले १२ रन बनाउने क्रममा तीन चौका हिर्काए । अर्जुन कुमालले २२ रन जोडे । कार्की र कुमालको विकेट भने सुरज गुरुङले लिए । अभिषेक थापा र सुदिप पौडेल अविजित रहँदै जितसम्म डोेहो¥याए । उनीहरुकै महत्वपूर्ण साझेदारीमै जित सम्भव हुन पुग्यो । थापाले ४३ रन बनाउने क्रममा ६२ बल खेल्दै एक चौका र तीन छक्का हिर्काए । सुदिपले २१ रन बनाउने क्रममा ३ चौका आफनो खातामा लेखाए ।
सुवास भण्डारी र विश्व कार्कीले उत्कृष्ट बलिङ गरेपछि कास्कीले प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा स्याङजालाई ११९ रनमा समेट्न सफल भएको थियो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रबार टस जितेर व्याटिङमा उत्रिएको स्याङजाले ३८.५ ओभर खेल्दै पुरा विकेटको गुमाउँदै ११९ रन बनाउँदै सामान्य लक्ष्य दिएको थियो । सुवासले १० ओभरमा ३ मेडन राख्दै ३ विकेट लिदाँ केवल २२ रन मात्रै खर्चिए । विश्व कार्कीले पनि ५ ओभर फाल्ने क्रममा १ मेडन राखे । उनले पनि ३ विकेट लिदाँ १५ रन खर्चिएका थिए ।
१३ रन बनाउने क्रममा पहिलो विकेट गुमाएको स्याङजाले दोस्रो विकेट पनि सस्तैमा गुमाउन पुग्यो । २१ रन बनाउदाँ दोस्रो झट्का व्यहो¥यो । थप दुई रन जोड्दा अर्को विकेट गुमाएको स्याङजाका व्याट्सम्यानलाई व्याटिङमा निकै सकस पर्यो । ८०/७ को स्थितिमा धरासायी अवस्थामा रहेको स्याङजाले ८ रन जोड्दा तीन विकेट गुमायो । ८८/८ को स्थितिमा रहेको स्याङजाले रन जोडन् निकै दबावमा खेल्न पुग्यो । ९९/९ बाट अन्तिम विकेटको रुपमा क्रिजमा टिकिरहँदा कृष्ण पौडेलले विपिन खत्रीको हातबाट क्याच गराएपछि स्याङजा ११९ रनमा समेटिएको थियो ।
स्याङजाका विष्णु पाण्डले सर्वाधिक ४१ रन बनाउने क्रममा ६३ बल खेल्दै ३ चौका हिर्काए । त्यस्तै सौजन्य रेग्मीले ४६ बल खेलेर २६ रन जोड्दा ३ चौका स्कोर कार्डमा चढाएका थिए । गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगिताको दोस्रो खेल शनिबार स्याङजाले तनहँुसित खेल्ने छ । छनोट प्रतियोगिताको उदघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमाल सिलवालले गरेका थिए । गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेनसन प्रजुले सागमा महिला क्रिकेट प्रतियोगिता आयोजना गर्दाको खर्च अझै परिषदबाट बजेट निकासा नहुदाँ समस्यामा परेको गुनासो गरेका थिए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…