
तनहुँका व्याट्सम्यान रन लिने क्रममा । तस्बिर खेलाडी न्युज ।
पोखरा-किरण सिरमलले (४–०–६–२) म्यान अफ दि म्याचको प्रदर्शन गरेपछि तनहुँले स्याङजामाथि ११ रनको रोमाञ्चक जित दर्ता गरेको छ । १४१ रनको चुनौति पछ्याएको स्याङजा १२९ रनमा समेटिन पुग्यो । ४७.४ ओभरसम्म तन्काएको स्याङजाले खेल जित्ने सम्भावना देखाएपनि अन्तिममा आएर तनहुँलाई ११ रनले खेल सुम्पिन पुग्यो ।
विष्णु पाण्डले ७२ बल खेल्दै विकेट जोगाउने धुनमा केवल २३ रन मात्रै जोडे । हिमेश ठकुरीले पनि ७४ बल खेल्दै १९ रनमा खेलेर विकेट गुमाउन पुग्यो । अशोक श्रेष्ठले १० बलमा १९ रनको महत्वपूर्ण योगदान दिए । स्याङजाले जितसम्म डोहोर्याउने लय देखाएपनि अन्तिम समयमा खेल गुमाउन पुग्यो । ८१ रन बनाउँदा ६ विकेट गुमाएको स्याङजाले थप चार विकेट भने ४८ रन बनाउँदा गुमाएको थियो । बलिङमा दिनेशजंग बुढामगर ३ ओभर २ विकेट लिन सफल भए ।
गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा प्रदेश छनोट क्रिकेट प्रतियोगिताको दोस्रो दिन तनहुँले ४३.२ ओभर खेल्दै पुरा विकेटको क्षतिमा १४० रन बनाउँदै स्याङजालाई क्रिजमा निम्त्याएको थियो । स्याङजाले टस जित्दै शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा फिल्डिङ रोज्दै तनहुँले व्याटिङको अवसर पायो । व्याटिङ गर्ने क्रममा ओपनर समीर कडेंलले २६ रनको महत्वपूर्ण योगदानमा तनहुँले १४० रन बनाउँदा सबै विकेट गुमाई सकेको थियो ।
नवौं विकेटको लागि दशौं नम्बरमा आएका कप्तान राजु गुरुङ पहिलो बलमए एलबीडब्लुको धरापमा परे । पहिलो बल सामना गर्ने क्रममा एलबीडब्लुको शिकार बन्दै पभेलियन फर्किए लगत्तै अन्तिम विकेटको रुपमा क्रिजमा जमेका किरण सिरमल पनि लेगअनमा चौका हान्ने प्रयास गर्दा क्याच आउट भए । उनले त्यसअघि रन लिन चुकेपछि चौका प्रहार गर्ने चक्करमा बाउण्ड्री लाईनमा क्याच आउट हुन पुगेका थिए । सिरमलले १७ रन बनाएका थिए ।
दिपेश अधिकारीले १६ र चन्द्रमणि पौडेलले १५ रनको योगदान दिए । तनहुँले पहिलो विकेट २१ रनमा गुमाएको थियो । २९÷२ को अवस्थामा माथि उठ्ने प्रयास गरेको तनहुँले तेस्रो विकेट ५७ रन बनाउने क्रममा गुमाउन पुग्यो । थप पाँच रन जोड्दा अर्को विकेट गुमाएपछि तनहुँ कमजोरस्थितिबाट माथि उठ्ने प्रयासमा थियो । ६४÷४ को कमजोर अवस्थामा रहेको तनहुँले पाँचौ विकेटको लागि २४ रनको साझेदारी गरे । ८८ रन बनाउँदा पाँचौ विकेट गुमाएको तनहुँले १०० रन जोड्दा ७ विकेट गुमाईसकेको थियो । आठौं विकेटको लागि ३८ रनको साझेदारी गर्दै उकास्ने प्रयास गरे । आठौं विकेटको रुपमा चन्द्रमणि विकेट किपरबाट स्टम्पिङ आउट भए । त्यसपछि आएका कप्तान राजु गुरुङ पहिलो बलमा एलबीडब्लुको धरापमा पर्दै आउट भए । अको दुई रन जोड्ने क्रममा तनहुँले सबै विकेट गुमाउँदै इनिङ टुग्याएको थियो ।
स्याङजाका बलर अशोक श्रेष्ठले १० ओभरको स्पेलमा ३ मेडन राखे । उत्कृष्ट बलिङ गरेका उनले १८ रन खर्चिएर ३ विकेट लिए । त्यस्तै सुरज गुरुङले पनि ९.२ ओभरमा २ मेडन राख्दै २६ रन खर्चिएर ३ विकेट आफनो नाममा लेखाए । विष्णु पाण्डेले ६ ओभरमा १ मेडनसहित २९ रन दिएर २ विकेट लिए सफल भए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…