
नवलपुर विरुद्ध व्याटिङ गर्दै तनहुँ ।
पोखरा-समीर कडेंलको अर्धशतकीय पारी खेलेपनि तनहुँ नवलपुरसँग ३७ रनले पराजित भएको छ । १६९ रनको लक्ष्य पछ्याएको तनहुँले कडेंलको महत्वपूर्ण अर्धशतकीय इनिङ खेलेपनि जितसम्म डोहोर्याउने भने सकेनन् । उनी क्रिजमा रहदाँ जितको सम्भावना देखाएको तनहुँ उनको विकेट पतनसँगै जितबाट निकै टाढा रह्यो ।
विज्ञान गौतमले १० ओभरमा १९ रन खर्चिएर तीन विकेट लिएपछि तनहुँ धरासायी बन्न पुग्यो । मध्यक्रमका व्याट्सम्यान सस्तैमा पभेलियनको बाटो समाए । राहुल शर्माले एकै ओभरमा महत्वपूर्ण विकेट लिएपछि तनहुँको पक्षमा रहेको खेल नवलपुरको हातमा ल्याएका थिए । ४६ ओभरसम्म तानिएको खेलमा तनहुँ अन्तत १३१ रनमा समेटिन पुग्यो । दोस्रो विकेटको लागि समीर कडेंल र प्रवेश खड्काले ८८ रनको साझेदारी गरेपछि तनहुँको पक्षमा खेल गएको थियो । तर राहुल शर्माले समीर कडेंलको विकेट लिएपछि खेल एकाएक नवलपुरको पक्षमा ढल्किएको थियो ।
तनहुँको शुरुवात गतिलो रहेन् । ओपनर विनय भण्डारीलाई २ रनमै गुमाएको तनहुँलाई कडेंलले सम्हालेका थिए । उनले तेस्रो नम्बरमा आएका प्रवेश खड्कासँग ८८ रनको साझेदारी गर्दै तनहुँलाई सम्हालेका थिए । तर खड्का पनि ६४ बल खेल्दै १७ रन बनाउँदै क्रिज छाडेपछि तनहुँ धरासायी बन्न पुग्यो । ९०/२ को स्थितिबाट रन उकास्ने प्रयास गर्दा तनहुँले समीरलाई गुमायो । समीर व्यक्तिगत ६७ रनमा आउट भए । ९३ बल खेल्ने क्रममा ८ चौका र १ छक्का हिर्काए । प्रदेशस्तरीय छनोटमा उनको पहिलो अर्धशतक हो । समीरको विकेट राहुल शर्माले लिए । उनले अर्को विकेट पनि सोही ओभरमा लिदाँ तनहुँ ९८/४ को स्थितिमा पुग्यो । मध्यक्रमका सचिन अधिकारी, चन्द्रकान्त पौडेल तथा करुण सिरमल दोहोरो अंकको रन विहीनमै आउट भएपछि तनहँको जितको सम्भावना कमजोर बन्न पुगेको थियो ।
टस जितेर व्याटिङ रोजेको नवलपुरले चौथो नम्बरमा आएका मन्जिल न्यौपानेले र पाँचौ नम्बरमा आएका सन्देश बस्नेतले चौथो विकेटको लागि ५८ रनको साझेदारीमा तनहुँलाई १६९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा आईतबार पोखरा रंगशाला क्रिकेट मैदानमा नवलपुरले कमजोर शुरुवात गर्यो । यद्यपी नवलपुरले ४४.२ ओभर खेल्दै तनहुँलाई मध्यम लक्ष्य दिएको हो । पहिलो विकेट १४ रनमै गुमाएको नवलपुरले दोस्रो विकेट ५० रन पुर्याउँदा गुमायो ।
दोस्रो नम्बरमा व्याटिङमा रहेका राजेश ढकाल व्यक्तिगत १० रनमा रनआउट हुदैं पभेलियनको बाटो समाएपछि नवलपुरको शुरुवात कमजोर देखिएको थियो । दोस्रो विकेटको लागि ओपनर सनम बुढाथोकी र राहुल शर्माले ३६ रनको साझेदारी गरे । विनय भण्डारीको बलमा आउट उनैको हातबाट क्याच हुदाँ शर्मा केवल १२ रनमा खेलिरहेका थिए । नवलपुरको खातामा थप दश रन जोडिदाँ ओपनर बुढाथोकी आउट भए । उनले व्यक्तिगत २३ रन बनाउने क्रममा ४८ बल खेल्दै ४ चौका हिर्काए ।
६०/३ को स्थितिमा रहेको नवलपुरलाई मन्जिल र सन्देशले उकासे । उनीहरुले चौथो विकेटको लागि ५८ रनको साझेदारी निभाए । मन्जिलले नवलपुरको स्कोरलाई उकास्ने क्रममा ३५ रन बनाए । उनले ५१ बल खेल्दै २ चौका र १ छक्का हिर्काए । उनी लगत्तै चन्द्रकान्त पौडेलको बलमा सन्देश बस्नेत व्यक्तिगत २० रनमा आउट भएपछि नवलपुर ११८/५ विकेट गुमाउन पुग्यो । मन्जिल भने शुशिल गिरीको बलमा तनहँुका कप्तान राजु गुरुङको हातबाट ३० यार्डभित्रै क्याच हुन पुगे ।
दिकप डुम्रे र कमल परियारले छैटौं विकेटको लागि २८ रनको साझेदारी निभाईरहँदा राजु गुरुङले डुम्रेलाई बोल्ड गरे । डुम्रेले ४० बल खैलद्य केवल १३ रन जोडिराख्दा बोल्ड हुदैै क्रिज छाडे । परियार पनि करुण सिरमलको बलमा समीर कडेंलको हातबाट क्याच आउट भएपछि नवलपुर १४७ रन बनाउँदा ७ विकेट गुमाईसकेको थियो । परियारले व्यक्तिगत २१ रन बनाउन १६ बल खेल्दै १ चौका र दुई छक्का हिर्काएका थिए । थप २१ रन जोड्ने क्रममा नवलपुरले सबै विकेट गुमाउँदै १६८ को योगफल तयार पार्यो । ४४.२ ओभर खेल्दै इनिङ टुग्याएको थियो । तनहुँका कप्तान राजु गुरुङ, शुशिल गिरी र करुण सिरमलले समान दुई÷दुई विकेट लिएका थिए । सोमबार नवलपुरले स्याङजासँग प्रतिस्पर्धा गर्ने छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…