हक्की खेलाडीद्वारा मैदानको लागि सरसफाई गर्दै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ५ गते २०७७ मा प्रकाशित


हक्की खेल्न मैदान तयारी गर्ने क्रममा खेलाडीहरु । तस्बिर खेलाडी न्युज ।

पोखरा-खेल्ने ठाँउ छैन् । आफनै मैदानको अभाव छ । यद्यपी राष्ट्रिय प्रतियोगिताको लागि भने तयारी गर्नु पर्ने बाध्यता अर्कोतिर छ । मैदान नभएपनि आगामी माघमा आयोजना हुने सहाना प्रधान स्मृति महिला हक्कीको लागि खेलाडीहरु पोखरा रंगशालाको घाँस फाड्ने र चलाउन व्यस्त छन् । मैदान नभएपनि जेनतेन पोखरा रंगशालाभित्रको खाली ठाँउमा प्रशिक्षण गर्दै आएका छन् । खेलाडीको अथक प्रयासले मात्रै हक्की खेलको जगेर्ना हुदैं आएको छ ।

कास्की जिल्ला हक्की संघ यतिबेला शून्यतामा छ । माघमा महेन्द्रनगरमा हुने सहाना प्रधान स्मृतिको तयारीमा जुट्न खेलाडीहरु आफैं मैदान बनाउने धुनमा छन् । मैदानकै अभावमा पनि खेलाडीको उत्सुकता र जागरुकता मात्रै नभई खेलप्रतिको उत्कट चाहनालाई भने संघ र प्रदेशले भने ध्यान र चासो दिन सकेको छैन् । नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले मैदान नहुदाँको पीडा एकातिर भएपनि खेलाडीको उत्साहले गण्डकी प्रदेशको हक्कीले इज्जत धान्दै आएको जिकिर गरेका छन् ।

उनले पोखरा रंगशालाभित्रै हक्कीको लागि ठाँउ छुट्टाईदिए प्रशिक्षण र प्रतियोगिता आयोजना गर्न सहज हुने बताउँछन् । तर मैदानकै अभावमा खेलाडीहरुले आफनै बलबुतामा मैदान तयार गर्दै खेलिरहेकोप्रति गर्व गर्दै उपाध्यक्ष खड्काले सम्बन्धीत निकायले ध्यान नदिदाँ हक्की पिल्सिदैं आएको स्पष्ट पारे ।