
रेबान टेनिस च्याम्पियनसिप शुरु ।
पोखरा-रेष्टुरेन्ट एण्ड बार एशोसियसन(रेवान) पोखराको आयोजनामा लेकसाइडको गुरुङ्ग भिलेज टेनिस कोर्टमा भेट्रान्स ओपन टेनिस प्रतियोगिता शुरु भएको छ । पुष १५ देखि शुरु हन लागेको २२ औं पोखरा सडक महोत्सवको पूर्वाद्धमा बुधबारदेखि उक्त प्रतियोगिता शुरु भएको हो ।
एक सातासम्म चल्ने प्रतियोगितामा मेन्स सिंगलतर्फ २४ जनाले तथा डबलतर्फ १० टिमले सहभागिता जनाएको प्रतियोगिता संयोजक लोक गुरुङ्गले जानकारी दिए । सिंगलतर्फ प्रथम हुने खेलाडीले नगद १० हजार, द्वितियले नगद ५ हजार सहित ट्रफि तथा डबलतर्फका विजेता–उपविजेता खेलाडीले ट्रफि पुरस्करा प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा डा. देव थापाले बसन्त प्रधानलाई ६–२, ६–१ ले, विष्णु गुरुङ्गले सूर्य भुजेललाई ६–१, ४–६ र १०–७ मा, महादेव भण्डारीले इन्द्र गुरुङ्गलाई ६–४, ६–४ ले, हुम आलेले विष्णु बानियाँलाई ६–२, ६–० ले, कर्ण तामाङ्गले हर्क गुरुङ्गलाई ६–१, ६–० ले, लक्ष्मण तामाङ्गले प्रकाश वाग्लेलाई ७–५, ६–४ ले तथा सुनिल श्रेष्ठले केबि तामाङ्गलाई ६–२, ६–३ को सेटमा पराजित गरेका थिए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले एक समारोहका विच प्रतियोगिताको उदघाटन गरेर शुरुवात गरे । अध्यक्ष भट्टराईले पर्यटन विकासका लागि पर्यटन र खेलकुदलाई जोड्नुपर्नेमा जोड दिए । कोभिड–१९ ले खेल र पर्यटन क्षेत्रलाई ठूलो प्रभाव पारेको बताउँदै तर अब कोभिडसंग डराउनुभन्दापनि सुरक्षाका उपाय अपनाएर सबैखाले गतिविधिलाई अगाडि बढाउनुपर्ने उनको भनाई थियो ।
रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले पर्यटकहरुका लागि पोखरा सुरक्षित छ भन्ने सन्देश दिनका लागि अहिलेको अफ्ट्यारो अवस्थामा पनि महोत्सव आयोजना गरिएको जनाए । साथै खेल पर्यटन विकासका लागि रेवानले यसवर्षदेखि आयोजना गरेको टेनिस प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिंदै राष्ट्रिय स्तरसम्मको प्रतियोगिता बनाइने बताए ।
रेवान पोखराका महासचिव विकास भट्टराईले सडक महोत्सवमा खेलकुदका अन्य स्पर्धाहरुलाई पनि समेटिएको जानकारी दिंदै महोत्सव सफल पार्न पोखरेलीहरुलाई आग्रह गरे । उद्घाटन समारोहमा नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, संघ कास्की अध्यक्ष दोर्जे लामा लगायतको उपस्थिती रहेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…