प्रदेश महिला क्रिकेट टोलीलाई ट्रयाक सुट र ट्राभल व्याग

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ११ गते २०७७ मा प्रकाशित


पूर्व राष्ट्रिय खेलाडी विरेन पुनले ट्राभल व्याग हस्तान्तरण गर्दै ।

पोखरा-गण्डकी प्रदेश महिला क्रिकेट टिमलाई सुर्योदय कला केन्द्र पोखराले ट्रयाक सुट हस्तान्तरण गरेको छ । पोखरा रंगशाला शनिबार बिहान आयोजित कार्यक्रममा वाईनकिङ्गका प्रोपाईटर एवं कास्कीका पूर्व राष्ट्रिय खेलाडी विरेन पुनले ट्राभल व्याग हस्तान्तरण गरे । केही दिन अघि मात्रै पूर्व खेलाडी राजकुमार छन्त्यालले दुई वटा ब्याट तथा कास्की जिल्ला क्रिकेट कोषाध्यक्ष चन्द्रकुमार गुरुङले क्रिकेट प्याड्स प्रदान गरेका थिए ।

ट्रयाक सुट सहयोग गर्ने रवि श्रेष्ठलाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो । कप्तान शिला रेग्मीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन् । गण्डकी खेलकुद पत्रकार मन्चका अध्यक्ष एकराज गिरी, नेपाल क्रिकेट संघ कास्कीको कोषाध्यक्ष चन्द्रकुमार गुरुङले खेलाडीलाई राम्रो खेलको लागि शुभकामना दिए ।

गण्डकी प्रदेश टिमको कप्तानी शिला रेग्मी क्षत्रीले गर्ने छिन् । दुई अफिसियल गरी १६ सदस्यीय टोली आईतबार लमही प्रस्थान गर्ने छन् । टोलीमा सिमना केसी उपकप्तान रहेकी छन् । एलिसा लामिछाने, सृष्टि पौडेल, सृजना पौडेल, ज्योत्स्नीका मरासिनी, सोनिया थापा(विकेट किपर), पूर्णता शाही, प्रमिला बानिया, गंगा लुयली, कुसुम गोदार, अन्जली विक, अमृता वाग्ले र विन्दु थापा मगर रहेका छन् । अफिसियलमा गोविन्द प्रधान(प्रशिक्षक) र अर्जुन थापा(व्यवस्थापक)को रुपमा रहने छन् ।

गण्डकी प्रदेशले प्रधानमन्त्री कप अन्तर्गत पहिलो खेल आगामी १४ गते सुदुरपश्चिम प्रदेशसँग खेल खेल्ने छ । दोस्रो खेल १५ गते बाग्मती प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ र लिगको अन्तिम खेल प्रदेश नं १ सँग खेल्ने छ ।