
गण्डकी प्रदेश र सुदुर पश्चिम कप्तान ।
दाङ -प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश सुदुर पश्चिम प्रदेशसँग ५९ ले पराजित भएको छ । दाङको लमहीस्थित क्रिकेट मैदानमा मंगलबार भएको प्रतिस्पर्धामा १०८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश केवल ४८ रनमा समेटिदैं पराजित हुन पुग्यो ।
ब्याटिङतर्फ गण्डकी प्रदेशका लागि कुनै ब्याटरले दोहोरो अंक स्कोर बोर्डमा चढाउन सकेनन् । उसका लागि सृष्टि पौडेलले ८ रन र ज्योत्सनिका मरासिनीले अविजित रहदै ६ रन जोडिन । बलिङमा सुदुर पश्चिमकी सुनिता लोहारले २ विकेट हात पार्दा कविता कुवँर, रितु कनौजिया र लक्ष्मी साउदले १-१ विकेट लिएका थिए।
टस जितेर पहिले ब्याटिङ गरेको सुदुर पश्चिमले १९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।
टिमले उक्त योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याटर रेवती धामीले सर्वाधिक ठूलो पारी खेलिन् । ३६ बलको सामना गरेकी उनले २ चौकासहित २७ रन बनाएकी थिइन् । रेवती बाहेक टोलीका लागि कप्तान विन्दु रावलले १३ रन , ओपनर ब्याटर मन्जु बोगटीले १० रन र रुवि पोदारले ५ रन बनाएकी थिइन् ।
बलिङतर्फ गण्डकी प्रदेशका लागि सृष्टि पौडेल र अलिशा लामिछानेले ३/३ विकेट हात पारे । भने अञ्जली विश्वकर्माले पनि पनि १ विकेट लिन सफल भइन् । यता प्रतियोगितामा समूह ए बाट एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…