
पुरुष दुवाथोलन च्याम्पियन सुरेश भुजेल ।
पोखरा-नेपाल ट्रायथोलन संघको आयोजनामा काठमाडौंको टोखामा आयोजित पुरुष क्रस दुवाथोलनको उपाधि सुरेश भुजेलले जितेका छन् । महिला तर्फको प्रतिस्पर्धामा अनिशा गुरुङले उपाधि आफनो नाममा लेखाईन् ।
शनिबार टोखा गणेशस्थानदेखि चण्डेश्वरीसम्म आयोजित क्रस दुवाथोलनमा भुजेलले ३५ मिनेट ४० सेकेण्डमा पुरा गदैै उपाधि जिते । त्यसैगरी प्रेमसिंह मोयालले ३७ मिनेट ०८ सेकेण्डमा पुरा गर्दै दोस्रो र ३७ मिनेट १३ सेकेण्डमा पुरा गर्दै आईतसिंह तामाङ तेस्रो स्थानमा रहे ।
त्यसैगरी महिला तर्फको प्रतिस्पर्धामा अनिशा गुरुङले ४३ मिनेट ५४ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बनिन् । ४८ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै सुधा राई दोस्रो स्थानमा रहँदा ५२ मिनेट ३४ सेकेण्डमा पुरा गर्दै युस्का महर्जन तेस्रो भईन् । विजेता खेलाडीलाई विभिन्न संघसंस्थाले प्रायोजित गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । टोखा नगरपालिका वडा नं २ का वडाध्यक्ष दिपकराज जोशीले गिफ्ट ह्याम्पर प्रदान गरेका थिए । क्रस दुवाथोलन २ दशमलव ५ किलोमिटर दौड, १० किलोमिटर साईक्लिङ र १ दशमलव ५ किलोमिटर दौड रहेको थियो ।
प्रतियोगिताको लागि जम्प नेशनसँग संघले एक वर्षे सम्झौता गरेको छ । सम्झौता अनुसार जम्प नेशनले प्रायोजन गर्ने छ । प्रतियोगितामा राष्ट्रिय खेलाडीको सहभागिता गराईएको थिएन् । युवा एवं नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्य अनुसार नेपाल ट्रायथोलन संघले प्रतियोगिता आयोजना गरेको संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जनाए । पुरुष तर्फ २० र महिला तर्फ ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
अबको दुईसातापछि दुवाथोलन सिरिज अन्तर्गत किर्तिपुरमा आयोजना गरिने संघले जनाएको छ । किर्तिपुरमा आयोजनाको दुईसातापछि ललितपुरको गोदावरीमा र तेस्रो प्रतिस्पर्धा टोखामै आयोजना गरिने छ । सिरिजको फाईनल पोखरामा आयोजना गर्ने तयारी गरिएको छ । यद्यपी पोखरामा एशियन ट्रायथोलन च्याम्पियन आयोजना गर्ने संघले जनाएको छ । एशियन ट्रायथोलनको लागि भने मिति तय भईसकेको छैन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…