
जितपछि खुशी मनाउँदै मैदानबाट बहिर निस्कने क्रममा गण्डकी प्रदेशका खेलाडीहरु ।
काठमाडौं-प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित दर्ता गरेको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको प्रतिस्पर्धामा प्रदेश नं १ लाई पराजित गर्दै गण्डकी प्रदेशले पहिलो जित आत्मसात गर्यो ।
१०३ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी प्रदेशले ३७ ओभरमा ८ विकेट गुमाउँदै जित निकालेको थियो । ओपनर अर्जुन कुमालले ३५ रनको इनिंङ खेल्दै उत्कृष्ट शुरुवात गरे । दिपक डुम्रेले पनि ३५ रनकै योगदान दिएपछि जित सहज हुन पुग्यो । अन्तिम १ रन चाहिएको अवस्थामा गण्डकी प्रदेशले २ विकेट गुमाएपछि दबावमा परेको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १लाई १०२ रनमा समेट्ने क्रममा प्रतियोगिताकै पहिलो ह्याट्रिक गरेको थियो । विशाल पौडेलले प्रतियोगिताकै पहिलो ह्याट्रिक पुरा गरे । उनीसँगै युवा खेलाडी सुवास भण्डारीले ३ विकेट लिए । कप्तान विपिन खत्रीले २ विकेट लिएपछि प्रदेश १ भने सस्तैमा समेटिएको थियो ।
उसका लागि कप्तान सिद्धान्त लोहनीले २४ , मिनास थापाले २२ रन जोड्नु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न नसक्दा प्रदेश १ केवल २७।४ ओभरमा १०२ रनमा अल आउट भएको थियो । प्रदेश १ का मनिश थापा र सुभाकंर उरावले २र२ विकेट हात पारे।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…