
पोखरा स्पोर्टस् अवार्ड
पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ), गण्डकीले आगामी बैशाखमा टीभीएस अपाचे पाँचौं पोखरा स्पोर्टस् अवार्ड गर्ने भएको छ । कोभिडकै कारण रोकिन पुगेको अवार्डलाई खेलकुद पत्रकार मन्च गण्डकीले बैशाखमा आयोजना गर्ने निर्णय गरेको हो । निर्णयसँगै आवश्यक तयारी शुरु गरेको छ । मञ्चको सोमबार बसेको १८ औं बैठकले वर्ष २०७६ र ०७७ दुवैलाई जोडेर एकै पटक विश्व प्रेस स्वतन्त्रता दिवस अवसरमा प्रदान गरिने छ । टिभीएस अपाचे पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७’ मा विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।
तयारीका लागि मञ्च अध्यक्ष एकराज गिरीको मूल संयोजकत्वमा यसअघि गठित १ सय १ सदस्यीय मूल आयोजक समिति, विभिन्न उपसमिति, खेलाडी मनोनयन समिति र पत्रकारतर्फ प्रतिभा छनोट समितिलाई नै सोही जिम्मेवारी सुम्पिने निर्णय गरेको छ ।
जसअनुसार मञ्चका संस्थापक अध्यक्ष एवं नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीको संयोजकत्वमा गठित सल्लाहकार उपसमिति सदस्यमा कृष्णप्रसाद बास्तोला, नारायण कार्की, पुण्य पौडेल, बद्रीविनोद प्रतीक, रमेश पौडेल, त्रिभुवन पौडेल, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, केशवशरण लामिछाने, माधव बराल, नवीन सिग्देल र दुर्गा अधिकारी छन् । यस्तै, सो समितिमा पत्रकार महासंघ गण्डकी प्रदेश क्षेत्रका ११ वटै जिल्लाका महासंघ अध्यक्ष, विभिन्न खेलसम्बद्ध संघका अध्यक्ष समेत सदस्य छन् ।
यस्तै, आर्थिक उपसमिति संयोजकमा मञ्च कोषाध्यक्ष शशीकुमार पौडेल, प्रचारप्रसार उपसमिति संयोजकमा महासचिव विजय नेपाल, मायाको चिनो, प्रमाणपत्र एवं प्राविधिक व्यवस्थापनमा उपाध्यक्ष रञ्जन अधिकारी, सांस्कृतिक उपसमितिमा सचिव राजाराम पौडेल, संघसंस्था समन्वयमा कार्यसमिति सदस्य नारायण शाही, अतिथि सत्कारमा सदस्य कविता घर्तीमगर, भिडियोग्राफी÷फोटोग्राफीमा सदस्य गीता राना, स्वयंसेवकमा दीपक गोदार संयोजक छन् । सम्बन्धित उपसमिति संयोजकले कम्तीमा ३ सदस्य स्वयं छनोट गर्नेछन् ।
यस्तै, वर्ष उत्कृष्ट पत्रकारिता अवार्डका लागि प्रतिभा छनोट संयोजकमा दीपेन्द्र श्रेष्ठ, त्रिभुवन पौडेल, विनोद लामिछाने, पदेन सदस्यमा मञ्च अध्यक्ष र महासचिव छन् । खेलाडी मनोनयनतर्फ रामकृष्ण ज्ञवाली, केशव पाठक, दीननाथ बराल, सन्देश श्रेष्ठ र सुदर्शन रञ्जित तथा पदेन सदस्यमा मञ्च अध्यक्ष र महासचिव रहेको छनोट समिति गठित छ ।
बतास ब्रदर्शको मुख्य प्रायोजनमा हुँदै आएको सो कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष चर्चित खेलाडी, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड रहेका छन् । विगतमा जिल्लास्तरको उक्त अवार्ड चौथो संस्करणदेखि गण्डकी प्रदेशस्तरीय हुँदैआएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…