
इनिङ सकिएपछि क्रिज छाड्ने क्रममा आर्मीका खेलाडीहरु ।
काठमाडौ- बागमती प्रदेशमाथि ९४ रनको शानदार जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आर्मीले राष्ट्रिय खेलाडीले भरिपूर्ण बगमती प्रदेशमाथि जित निकाल्दै विभागीय क्लब एपिएफसँगको भेट पक्का गरेको हो । उपाधिकालागि यी दुई टोली शनिबार प्रतिस्पर्धा गर्नेछन् ।
आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दिएको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा बागमतीले ४०.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ३५ रन जोड्न सक्यो । ५ विकेट गुमाउँदा १८ रन जोडेको बागमतीका लागि ओपनर आकाश थापा पहिलो ओभरको तेस्रो बलमा पवेलियन फर्किएका थिए । कप्तान ज्ञानेन्द्र मल्लले ४७ रनको व्यक्तिगत स्कोर बनाउँदै बागमतीको इनिङ उकास्ने प्रयास गरे । तर उनी सुशान भारीको बलमा एलबीडब्लूको धरापमा परे ।
विपिन आचार्यल २३ रनको स्कोर बनाउँदा नन्दन यादवले नटआउट २२ रनको योगदान गरे । आदिल खान १० रन जितेन्द्र मुखियाको बलबमा विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट भए । यस्तै अन्य ब्याट्स म्यानले भने दोहोरो अंकको स्कोर छुन सकेनन । तीन खेलाडी शून्यमा पवेलियन फर्किएका थिए । बागमतीको इनिङलाई सस्तैमा समेट्ने क्रममा आर्मीका जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट निकाल्दा विक्रम शोब र सुशान भारीले समान ३/३ विकेट हात पारे ।
यस अघि टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले पुरै ५० ओभरको समाप्तिमा सबै विकेट गुमाएर २ सय २९ रन जोडेको थियो ।
आर्मीको सुरुआत खराब भए पनि मध्यक्रममा ब्याट्स म्यान विक्रम शोब र राजेश पुलामीले इनिङ सम्हाले । राजेश पुलामीले अर्धसतकीय इनिङ खेल्दै टोलीको स्कोर सम्मान जनक अवस्थामा पु¥याएका थिए । राजेशले ६५ रनको योगदान गरेका थिए । यस्तै भिम सार्कीले ४० रन जोड्दा बिक्रम शोबले ३५ रन बनाएर पवेलियन फर्किए । लोकेश बम २३ रनमा आउट हुँदा सुशन भारीले १६ र कप्तान विनोद भण्डारीले १० रन बनाए । बागमतीका गौतम केसीले ५ विकेट लिए । राम नरेश गिरि, नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले १/१ विकेट लिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…