
पुरस्कार विजेता गल्फरहरु । तस्बिर धन
पोखरा-वर्षदिनपछि पोखरामा गल्फ शुरु गरिएको छ । चैत ११ गतेदेखि कोरोना कहरसँगै लकडाउनपछि ठप्प भएको गल्फ शनिबार प्रतियोगिता शुरुभएसँगै कोर्षमा खेलाडीको चहलपहल बढ्न थालेको हो ।
हिमालयन गल्फ कोर्षमा एक सातापछि बाह्रखरी गल्फ हुदैं छ । त्यसको पूर्वसन्ध्यामा हिमालयन गल्फ कोर्षले मन्थ्ली मेडल गर्दै कोर्षलाई पुरानै अवस्थामा फर्काउने प्रयास गरेको हो । गल्फ प्रतियोगिता नियमित नहुदाँ ग्रीनलाई भने मर्मत सम्भार गर्नुपर्ने बाध्यता छ । हिमालयन गल्फ कोर्षले वर्षायाममा पहिरोले समस्या बनाएको होल नं ८ र विजयपुर हाईड्रोपावरले बिगारेको होल नं ९ र १३ को मर्मत सम्भार गरेपछि खेल्न योग्य बनाईएको थियो ।
ग्रीन मर्मत सम्भार गरेपछि कोर्षले झण्डै एक वर्षपछि मन्थ्ली मेडलको रुपमा प्रतियोगिता शुरु गर्दै आगामी ठूला प्रतियोगिताको लागि तयारी गरेको कोर्षका व्यवस्थापक भूबहादुर गुरुङ(भुवन)ले जनाए । उनले कोरोना कहरमा कोर्षको ग्रीन मर्मत सम्भारमै व्यस्त रहेको उल्लेख गरे । उनका अनुसार कोर्ष दुई महिना अघि देखि नै तयारी थालिएको थियो । मर्मत गर्न कोर्षले झण्डै १०÷१२ लाख रुपैयाँ खर्च गरिएको थियो । बाह्रखरीको प्रतियोगितापछि पोखरामै सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता आयोजना गरिने तयारी छ । त्यसको लागि पनि गल्फ कोर्षको आवश्यक मर्मत सम्भार गरिसकिएको छ ।
१८ होलको प्रतिस्पर्धामा जनवरीको मन्थ्ली मेडलको उपाधि राजु थकालीले जिते । उनले लेभलपार ३६ खेले । दोस्रो स्थानमा ई.गोविन्द गौचन रहे । यसैगरी ग्रस तर्फको पुरस्कार भने लेफ्टिनेन्ट कर्णेल याम रानाले जिते । लङगेष्ट ड्राईभबाट ईस्सपेक्टर जीवाराम गुरुङले पाए । क्लोज टु दि पिनको पुरस्कार भने बसन्त गौचनले प्राप्त गरे । प्रतिस्पर्धामा २२ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको विजेतालाई पुरस्कार प्रदान गर्दै कास्की जिल्ला गल्फ संघका अध्यक्ष मेजर लछ्मिीप्रसाद गुरुङले पोखरा रंगशालाभित्र गल्फ एकेडेमीको लागि ६ लाख ८० हजार रुपैयाँ खर्च गरिसकिएको जनाउँदै गण्डकी प्रदेश सरकारले छुट्टाएको बजेट निकासा नगर्दा काम अगाडि बढाउन नसकिएको गुनासो गरे । उनले प्रदेश सरकारका विभिन्न मन्त्रीलाई रकम निकासाको लागि ताकेता गरेपनि छुट्टाउन चासो नदिएको आरोप समेत लगाए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…